दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
मामा घर आएकी एक बालिकाले मंगलबार मुसा मार्ने विषादी सेवन गरेर आत्महत्या गरेकी छिन् । सप्तरीको महादेवा गाउँपालिका ३ बलिया बथनाहाकी १३ वर्षिया बालिका प्रिति कुमारी यादवले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवनबाट गम्भिर बिरामी परेकी उनको उपचारको क्रममा बुधबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सप्तरीकै तिरहुत गाउँपालिका ४ डिमनमा मामा घर आएको बेला उनले मुसा मार्न प्रयोग गरिने विषादी सेवन गरेकी थिइन् । विषादी सेवन पश्चात् सिकिस्त भएकी उनलाई सुरुमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन ।
यो सँगै जिल्लामा तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ३१ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ९० पुगेको छ । गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यता आत्महत्याको दर बढ्ने क्रम जारी रहदा स्थानीय समाज र प्रशासनले विभिन्न प्रयास थालेपनि न्यूनिकरण हुन भने सकेको छैन । प्रहरीले विगत तीन महिना यता आत्महत्या घट्ना न्युनिकरणका लागी विभिन्न पालिकामा सचेतना अभियान नै चलाएको छ । तर, पनि आत्महत्याका घटना दिनहुँजसो हुन थालेपछि यो विषय सबैको लागी टाउको दुखाई बनेको छ ।
विभिन्न घरायसी समस्या, श्रीमान श्रीमतीबीच वादविवाद, ऋणमा डुबेको, प्रेममा असफल, व्यापार घाटा, बेराजगारी लगायत अन्य विभिन्न समस्यासँग संघर्ष गर्न नसकि बाध्य भई आत्महत्याको बाटो रोज्नु परेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
सारांश
- विषादी सेवनबाट गम्भिर बिरामी परेकी उनको उपचारको क्रममा बुधबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार सप्तरीकै तिरहुत गाउँपालिका ४ डिमनमा मामा घर आएको बेला उनले मुसा मार्न प्रयोग गरिने विषादी सेवन गरेकी थिइन् ।
- विषादी सेवन पश्चात् सिकिस्त भएकी उनलाई सुरुमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया