नेपालमा वर्षेनी २० हजार मानिसलाई सर्पले टोक्ने गरेको तथ्याङक सार्वजनिक

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
२१ पटक हेरिएको
Shares
नेपालमा वर्षेनी २० हजार मानिसलाई सर्पले टोक्ने गरेको तथ्याङक सार्वजनिक

सारांश

  • सप्तरीको राजविराजमा सोमबार फेयरमेडको साझेदारीमा सञ्चालित संकल्प परियोजना अन्तर्गत सबल नेपालले आयोजना गरेको उपेक्षित उष्ण प्रदेशीय रोग (एनटीडी) सम्बन्धी सञ्चारकर्मीहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
  • विश्व स्वास्थ्य संगठनको तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले सर्पदंशबाट नेपालमा बर्षेनी एक हजार जनाको मृत्यु हुने गरेको जानकारी दिए ।
  • उनका अनुसार नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजातिका सर्प विषालु छन् ।
दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने गरेको र त्यसमध्ये करिब एक हजार जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
सप्तरीको राजविराजमा सोमबार फेयरमेडको साझेदारीमा सञ्चालित संकल्प परियोजना अन्तर्गत सबल नेपालले आयोजना गरेको उपेक्षित उष्ण प्रदेशीय रोग (एनटीडी) सम्बन्धी सञ्चारकर्मीहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले सर्पदंशबाट नेपालमा बर्षेनी एक हजार जनाको मृत्यु हुने गरेको जानकारी दिए ।
उनका अनुसार नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजातिका सर्प विषालु छन् । सर्पले टोकेमा झारफुकमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्ने उनले बताए । उनले मृत्यु न्यूनीकरण गर्न समयमै उपचार, विषालु सर्पको पहिचान र सर्पदंशबाट बच्ने उपायबारे समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औल्याए ।
उनले सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक सावधानी, बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने आवश्यकता तथा समुदायमा जनचेतना फैलाउन सञ्चारकर्मीको भूमिका आनिवार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा फेयरमेडकी सिनियर मिल अधिकृत रुषा उपाध्यायले सप्तरीका छ स्थानीय तहमा उपेक्षित उष्ण प्रदेशीय रोगको पहिचान, उपचार र रोकथामका लागि कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर, तिरहुत, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजगढ गाउँपालिकामा सञ्चालन भइरहेको परियोजनाले रोगीको खोजी, उपचारमा सहजीकरण र रोगबाट बच्ने उपायबारे समुदायमा सचेतना फैलाउने काम गरिरहेकोे उनले बताए ।
कुष्ठरोग, सर्पदंश, हात्तीपाइले, लुतो, माटोबाट सर्ने जुका, रेबिज, कालाजार, डेंगु, फित्तेजुका, खस्रेरोग र माइसेटोमा गरी ११ प्रकारका रोगलाई परियोजनाले प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।
विश्वका १४९ देशमा उपेक्षित उष्णप्रदेशीय रोग देखिएको उल्लेख गर्दै उपाध्यायले गरिबी, सरसफाइको कमजोर अवस्था र स्वास्थ्य सेवामा सीमित पहुँचका कारण यस्ता रोगको जोखिम बढ्ने गरेको बताए ।
रोगको समयमै पहिचान र उपचारसँगै वातावरणीय सरसफाइमा ध्यान दिन सके यसको जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
अन्तरक्रिया कार्यक्रममा परियोजनाको परिचय र उद्देश्यबारे सबल नेपालका अशोक साह तथा परियोजना संयोजक रोहित उरावले जानकारी दिएका थिए भने कार्यक्रममा उपेक्षित उष्ण प्रदेशीय रोगको अवस्था, रोकथाम, उपचार र समुदायमा जनचेतना फैलाउन सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?