दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
नेपाल कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा रामनारायण मेहता निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट मेहताको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष पदमा रामनारायण मेहताले ५७ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी चेत नारायण मेहता ५६ मत ल्याई एक मतको झिनो मतान्तरले पराजित भए ।
अध्यक्ष पदमा निर्वाचित मेहता यस अघि संस्थाको सल्लहाकारको जिम्मेवारीमा थिए । जितपछि उनले सबैको साथ र सहयोग लिएर जातीय संस्थाको उत्थान र सशक्तिकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन गरिएको निर्वाचनमा १९ सदस्य मध्ये १२ जना पुरुष र ७ जना महिला निर्वाचित भएको निर्वाचन समितिका संयोजक जय प्रकाश महतोले जानकारी दिए ।
संस्थाको उपाध्यक्षमा शुभकलाल महतो, महिला उपाध्यक्षमा मुनी मेहता, सचिवमा राजाबाबु मेहता, सहसचिवमा रामशरण महतो र कोषाध्यक्षमा सूर्यनारायण महतो निर्वाचित भएका छन् ।
यस्तै दस्यहरूमा ओमप्रकाश मेहता, बुध नारायण मेहता, महेश्वर मेहता, ललितनारायण मेहता, परमेश्वर मेहता, राजेश कुमार मेहता, अरुण कुमार मेहता, सूर्यनारायण मेहता, दिपेन्द्र प्रसाद मेहता, ओम प्रकाश मेहता, देवकान्त मेहता, सिताराम मेहता, सबनम कुमारी मेहता, शान्ति देवी मेहता, सुनिता कुमारी मेहता, रिंकु देवी मेहता, रन्जु देवी मेहता, रेखा कुमारी मेहता र आशा देवी मेहतागस् निर्वाचित भएका छन् । चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १ सय २१ जनाले मतदान गरेका थिए ।
यसअघि उक्त अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा मन्त्री मनोज सिंहले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष हंश नारायण मेहताको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा नेपाल कुशवाहा, बुद्धिजिवी समाज सप्तरीका अध्यक्ष योगेन्द्र प्रसाद मेहता, नेपाल कुशवाहा महिला कल्याण समाज सप्तरीका अध्यक्ष रिका कुमारी मेहता, नेपाल कुशवाहा विद्यार्थी मञ्चका अध्यक्ष प्रदीप मेहता, उच्च अदालत बार एशोसिएसन राजविराजका अध्यक्ष बलराम प्रसाद सिंह लगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया