डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष २९, २०७९
|
|
० पटक हेरिएको
Shares
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

सारांश

  • दैनिक समाचारदाता राजविराज, २९ पुस ।
  •     डाका मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ६ का ३८ वर्षिय संजय भन्ने संजिव कुमार चौधरी छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।

    डाका मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ६ का ३८ वर्षिय संजय भन्ने संजिव कुमार चौधरी छन् । 
    बि.स.२०६६ साल भदौं १५ गते सोही नगरपालिकाका गोसाई चौधरीको घरमा घरेलु हतियार देखाई संजिवसहितको एक समूहले सुन चाँदीका गरगहना र नगद समेत गरि लाखौंको सम्पत्ति लुटेर लगेका थिए । 
    प्रहरीले चौधरीमाथी डाका मुद्दा अन्तरगत कारवाही प्रक्रिया चलाएपछि सप्तरी जिल्ला अदालतले २०७१ साल असार १७ गते ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उक्त घटनामा संलग्न रहेका अन्यको खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
    घटनापछि फरार रहेका संजिवलाई अघिल्लो दिन राती पक्राउ गरि शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेश अनुसार उनलाई कैद सजाय भुक्तानका लागि शुक्रबारै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?