मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा

राजविराज राजविराज
|
मंगलबार, चैत्र १०, २०८२
|
|
५३ पटक हेरिएको
Shares
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा

सारांश

  •     मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि सो विषय बारे स्पष्ट पारेको हो ।
  •       नगरक्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको तथा नियन्त्रणका लागि अविलम्ब विषादी छर्किनुपर्ने जनस्तरबाट गुनासो र दवाव बढ्न थालेपछि नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी यस बिवषयमा स्पष्ट पारेको छ ।
  •       पत्रकार सम्मेलनमा कार्यबाहक नगरपं्रमुख इसरत परवीनले लामखुट्टे नियन्त्रण प्रभावकारी बनाउन मुख्य सडक, गल्ली तथा नालाहरुको सरसफाईमा विशेष ध्यान दिईने तथा जथाभावी फोहर फाल्नेलाई जरीवानाको दायरामा ल्याउने जानकारी दिईन् ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।

    राजविराज नगरपालिकाले मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्देशिकाको ख्याल गर्दे लामखुट्टे विरुद्धको विषादी (औषधी) छर्किन नसकिएको स्पष्ट पारेको छ ।
    मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि सो विषय बारे स्पष्ट पारेको हो । 
    नगरक्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको तथा नियन्त्रणका लागि अविलम्ब विषादी छर्किनुपर्ने जनस्तरबाट गुनासो र दवाव बढ्न थालेपछि नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी यस बिवषयमा स्पष्ट पारेको छ । 
    पत्रकार सम्मेलनमा कार्यबाहक नगरपं्रमुख इसरत परवीनले लामखुट्टे नियन्त्रण प्रभावकारी बनाउन मुख्य सडक, गल्ली तथा नालाहरुको सरसफाईमा विशेष ध्यान दिईने तथा जथाभावी फोहर फाल्नेलाई जरीवानाको दायरामा ल्याउने जानकारी दिईन् ।
    जेनजी आन्दोलनका क्रममा सरसफाईमा प्रयोग हुने सबै सबारी साधन जलेर नष्ट हुँदा अहिले भाडामा लिएर भएपनि सरसफाईमा दैनिक १५ वटा ट्याक्टर प्रयोग गरिएको जानकारी दिइन् । उनले निकट् भविष्यमै थप सवारी साधन प्रयोग गर्ने गरी खरिद प्रक्रियाको तयारी थालिएको समेत बताईन् ।
    नगरको फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाबाट समय समयमा घरघर र पसल पसलमा डस्टबीन वितरण गरिएपनि सम्बन्धित व्यक्तिबाट त्यसको उचित सदुपयोग हुन नसक्दा चुनौती थपिएको उनको भनाई छ ।
    उनले लामखुट्टे विरुद्धको विषादी छर्किन जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरेको भएपनि कुनै महामारी बगैर त्यस्तो विषादी छर्न नमिल्ने भनि जवाफ आउँदा रोकिएको स्पष्ट पारिन ।
    त्यस्ता विषादीले मानव स्वास्थ्य तथा वातावरणीय अवस्थामा समेत असर पार्ने भएकाले अन्य विकल्पमा जानुपर्ने बाध्यता रहेको उनले सुनाईन् ।
    पत्रकार सम्मेलनमा नगर स्वास्थ्य शाखाका प्रमुख कामेश्वर यादवले कालाजार, मलेरिया र औलो जस्ता रोगको महामारी विना यस्ता विषादी छर्नु जनस्वास्थ्य तथा मन्त्रालयको निर्देशिका विपरित हुने भएकाले लामखुट्टेको प्रजनन स्थललाई नै सरसफाईको माध्यमले नष्ट गरिनु उपयुक्त उपाय भएको बताए ।
    नगरपालिकाका योजना अधिकृत मनोज यादवले नगरको फोहोर मैला व्यवस्थापन तथा लामखुट्टेको प्रकोप नियन्त्रणका लागि सरसफाई नै मुख्य उपाय भएको भन्दै यसका लागि टोल टोलमा टोल सुधार र टोल विकास समिति गठन गरी कडाईका साथ अनुगमन गरिने जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
निःशुल्क शिविरको आयोजना
निःशुल्क शिविरको आयोजना
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
हात्तिद्वारा तरकारी खेती नष्ट
हात्तिद्वारा तरकारी खेती नष्ट
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन