राजविराज÷नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सप्तरीका महिलाहरु सडकमा उत्रिएका छन् ।
जनता समाजवादी पार्टी निकट महिला संघको अगुवाइमा शनिबार राजविराजमा नागरिकता विधेयक बिरुद्ध सडकमा बिरोध प्रदर्शन गरिएको हो ।
बिरोध प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारासहितको प्ले कार्ड लिएर बिरोध प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी निकट महिला नेतृत्वहरु पुनम यादव, लक्ष्मी चौधरी, साधना झा, मन्जु साह, गिता यादव, रमिला साह, उषा साहलगायतले नागरिकता सम्बन्धी ल्याइएको संशोधन विधेयक मधेशीप्रतिको विभेदलाई उजागर गरेको आरोप लगाए ।
विधेयक खारेज नगरिए आन्दोलनबाटै सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने महिलाहरुले चेतावनी समेत दिएका छन् ।
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
सारांश
- बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी निकट महिला नेतृत्वहरु पुनम यादव, लक्ष्मी चौधरी, साधना झा, मन्जु साह, गिता यादव, रमिला साह, उषा साहलगायतले नागरिकता सम्बन्धी ल्याइएको संशोधन विधेयक मधेशीप्रतिको विभेदलाई उजागर गरेको आरोप लगाए ।
- विधेयक खारेज नगरिए आन्दोलनबाटै सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने महिलाहरुले चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया