राजविराज÷कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जंगली हात्तिको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन शुक्रबार मध्यराती प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा जंगली हात्ति पस्न लागेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गाउँलेलाई जोगाउन ४ राउण्ड हवाई फायर गरी जंगली हात्तिलाई धपाएको हो ।
राती सवा १२ बजेतिर कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासका जंगल हुँदै गाउँमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले ४ राउण्ड हवाई फायर गरी हात्तिलाई धपाएको प्रहरी निरिक्षक गुरु तिमिल्सिनाले बताए ।
स्थानीय जंगलमा हात्ति बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कंचनरुप नगरपालिका बासिन्दा राम्ररी निदाउन पाएका छैनन् । हात्ति आतंकका कारण सो क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कन पनि डराउन थालेको स्थानीयवासी नर्मदेव यादवले बताए । कोशी टप्पु बन्यजन्तु आरक्षका हात्तिको आक्रमणमा जिल्लामा एक वर्ष भित्र ६ जनाको ज्यान गइसकेको छ । यस अवधीमा हात्तिले ४८ घर भत्काएको छ भने सय विगहा भन्दा बढी जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानिय कृषक सीताराम चौधरीले बताए ।
बस्ती आसपास जंगल भएकाले र जंगली हात्तिको बास स्थान बन्ने गरेकोले पटक पटक आक्रमणमा पर्ने गरेको भन्दै स्थानियले यसको स्थायी समाधान खोज्नु पर्ने माँग गरेका छन् ।
जंगली हात्ति धपाउन चार राउण्ड हवाई फायर
सारांश
- स्थानीय जंगलमा हात्ति बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कंचनरुप नगरपालिका बासिन्दा राम्ररी निदाउन पाएका छैनन् ।
- हात्ति आतंकका कारण सो क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कन पनि डराउन थालेको स्थानीयवासी नर्मदेव यादवले बताए ।
- कोशी टप्पु बन्यजन्तु आरक्षका हात्तिको आक्रमणमा जिल्लामा एक वर्ष भित्र ६ जनाको ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया