मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै

राजविराज राजविराज
|
सोमबार, जेठ २६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै

सारांश

  •     प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेशका ८ वटै जिल्लाको पत्रकार महासंघको कार्यालय संचालनका लागि बजेट बिनियोजन गर्ने जानकारी दिएका हुन् ।
  •       “८ वटै जिल्लाका नेपाल पत्रकार महासंघको कार्यालय संचालनका लागि पहिलो पटक बजेट बिनियोजन गर्न लागिएको छ ।
  • ” मन्त्री लेखीले भने, “आउँदो आर्थिक वर्षमा ती सबै शाखाहरुका लागि बजेट मार्फत कम्तिमा ५÷५ लाखको दरले रकम बिनियोजन गरिदैछ ।

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 

    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासंघलाई आ.ब. २०८२÷८३ को बजेटमार्फत बजेट बिनियोजन गरि सहयोग गर्ने भएको छ । 
    प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेशका ८ वटै जिल्लाको पत्रकार महासंघको कार्यालय संचालनका लागि बजेट बिनियोजन गर्ने जानकारी दिएका हुन् । 
    “८ वटै जिल्लाका नेपाल पत्रकार महासंघको कार्यालय संचालनका लागि पहिलो पटक बजेट बिनियोजन गर्न लागिएको छ ।” मन्त्री लेखीले भने, “आउँदो आर्थिक वर्षमा ती सबै शाखाहरुका लागि बजेट मार्फत कम्तिमा ५÷५ लाखको दरले रकम बिनियोजन गरिदैछ ।”
    उनले भने, “कतिपय महासंघको कार्यालय संचालनमा बजेटकै अभावले नियमित कार्य गर्न कठिनाई भइरहेको छ, सो अवस्था आउन नदिन मैले प्रदेश सरकारबाट थोरै भएपनि बजेट राख्न पहल गरेको हुँ ।”
    “म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु, उनीहरुको दुःख, कष्टमा थोरै भएपनि सहयोग गर्नेतर्फ लागिपरेको छु ।” मन्त्री लेखीले राजविराज दैनिकसँग कुराकानी गर्दै भने– पत्रकारिता क्षेत्रको बृद्धि, विकासका लागि म कटिबद्ध छु ।”
    यसअघि मन्त्री लेखीकै प्रयासमा यस वर्षको गणतन्त्र दिवसको अवसरमा पहिलो पटक मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    “गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गरेको हो । उनले भने, “यस बाहेक प्रदेश सरकारले संचारकर्मीहरुको जिवन वीमाका लागि पनि आगामी बजेटमा रकम बिनियोजन गर्दैछ ।” 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी