दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
भगवान रामको जन्मथलो भारतको अयोध्यामा सोमबार हुन लागेको प्राण प्रतिष्ठा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन सप्तरीका ८ वटा पालिकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसरी बिदा दिने पालिकाहरुमा राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदेबरसाइन नगरपालिका छन् ।
यस्तै छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ती पालिकाहरुद्वारा जारि सूचनामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सोमबार सनातनी हिन्दु धर्मावलम्बीका लापिग विशेष दिन हुने भएकाले उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
सूचना मार्फत सो दिन सम्पूर्ण नगरवासी र गाउँवासीलाई साँझ मठ मन्दिर, सार्वजनिक स्थल तथा घर घरमा दिपोत्सव मनाउन समेत आग्रह गरिएको छ । यस्तै उक्त दिन माछा, मासु र मदिरा बिक्रिमा समेत रोक लगाइएको पालिकाहरुद्वारा जारि सूचनामा उल्लेख छ ।
यता भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर सदरमुकाम राजविराजमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।
विश्व हिन्दु परिसद्, हिन्दु सम्राट सेना, हनुमान आराधना मण्डल लगायतका संघ संस्थाको अगुवाईमा बजार क्षेत्रमा स्वागत द्वार तथा प्रत्येक घर, चौक र मन्दिरहरुमा भगवान रामको चित्र अंकित झण्डा झुण्ड्याइएको छ ।
यस्तै सप्तरी युथ नेपालको आयोजनामा सोमबार स्थानीय राजरंगशालामा भजन कार्यक्रम, दिप प्रज्वलन तथा साधुसन्तलाई भोजनको व्यवस्था मिलाइएको छ । यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइतीबाट संसारलाई भगवान श्रीरामको पौराणिक बैवाहिक सम्बन्धको संदेश दिन पनि यो दिनलाई उत्सवको रुपमा मनाउन थालिएको नगरवासीको भनाई छ ।
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
सारांश
- यसरी बिदा दिने पालिकाहरुमा राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदेबरसाइन नगरपालिका छन् ।
- यस्तै छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- ती पालिकाहरुद्वारा जारि सूचनामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सोमबार सनातनी हिन्दु धर्मावलम्बीका लापिग विशेष दिन हुने भएकाले उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया