दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
नेपालीहरुको महान चाड दशैंको बेला पनि शिक्षकहरुले तलब नपाएको र अहिले पनि तलब पाउन कुनै छाटकाट नदेखेको भन्दै सप्तरीको खडक नगरपालिकाका शिक्षकहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सो नगरपालिकाका १५ जना शिक्षकहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले मासिक रुपमा तलब दिन निर्णय गरे पनि नगरपालिकाले त्रैमासिक रुपमा समेत तलब निकासा नगरेको भन्दै बाध्य भई तालाबन्दी गर्नु परेको उल्लेख छ ।
चार महिनासम्म तलव नदिई भोको पेटले काम गर्न बाध्य बनाएको भन्दै उनीहरुले नगरपालिका कार्यालयको मूल गेटमा ताला लगाएका हुन् । ताला लगाउँदै उनीहरुले पठनपाठन ठप्प गरी बिहीबारदेखि नगरपालिकामै धर्ना दिने बताएका छन् ।
असोज २ गते आफूहरुले तलव, भत्ता माग गर्दै बिरोध गरेपछि सोही दिन बसेको कार्यपालिकाको बैठकले तलव निकासा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबार गर्न अख्तियारी दिने निर्णय गरेको शिक्षकहरुले विज्ञप्तिमा बताएका छन् ।
उक्त अख्तियारी नदिएपछि आफूहरु पुनः असोज ७ मा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको उनीहरुले बताएका छन् ।
भोको पेट र निसासिएको आत्मालाई सम्पूर्ण न्यायप्रेमी अभिभावक, बुद्धिजिवी, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै शिक्षकहरुले विज्ञप्तीमा ‘आफूहरुको आन्दोलनबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति खडक नगरपालिका नै जिम्मेबार रहेको स्मरण गराउन चाहन्छौं ।’ भनेका छन् ।
संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, शिक्षा विभान तथा प्रविधी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई वोद्यार्थ राखेर शिक्षकहरुले विज्ञप्ती जारी गरेका छन् ।
यता प्रमुख प्रशासकीय अधिकृत बिनय सोनुलाई शिक्षकहरुले बाटोमै रोकेर तलब उपलब्ध गराउन माग गर्दै अभद्र व्यवहार गर्न खोजेका थिए ।
सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत सोनुले भने, “शिक्षक तथा कर्मचारीको तलब भत्ता खुवाउन २४ घण्टै तयार छु तर अहिलेसम्म मेयर साहेबले अख्यिारी नै दिनु भएको छैन । कसरी तलब भत्ता निकासा गर्ने ।”
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
सारांश
- सो नगरपालिकाका १५ जना शिक्षकहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले मासिक रुपमा तलब दिन निर्णय गरे पनि नगरपालिकाले त्रैमासिक रुपमा समेत तलब निकासा नगरेको भन्दै बाध्य भई तालाबन्दी गर्नु परेको उल्लेख छ ।
- चार महिनासम्म तलव नदिई भोको पेटले काम गर्न बाध्य बनाएको भन्दै उनीहरुले नगरपालिका कार्यालयको मूल गेटमा ताला लगाएका हुन् ।
- ताला लगाउँदै उनीहरुले पठनपाठन ठप्प गरी बिहीबारदेखि नगरपालिकामै धर्ना दिने बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया