डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

राजविराज राजविराज
|
बिहिबार, श्रावण १६, २०७६
|
|
७५ पटक हेरिएको
Shares
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सारांश

  •     सरकारको ध्यानाकर्षणका लागि विभिन्न माग राख्दै नेकपा सप्तरीका नेता तथा कार्यकर्ताले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
  •       पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, सचिव तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश २ का सदस्य सुखराम यादव लगायतको नेतृत्वमा पार्टी कार्यकर्ताहरुले विहिबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए ।
  •       ज्ञापनपत्र मार्फत तत्काल बाढीको समस्या र राहत बितरणलाई प्रभावकारी, व्यवस्थित गर्न र अनुगमन गर्न माग समेत गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
    बर्षेनी बाढीका कारण सप्तरीवासी डुबानको समस्या झेल्दै आएको तथा प्रकोप नियन्त्रणका लागी पूर्व तयारी र बाढी बिनाशपछि गरिने राहत वितरण कार्य प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गर्दै सतारुढ दल नेकपा सप्तरीले आफ्नै दलका प्रधानमन्त्रीलाई ध्यानार्षण पत्र बुझाएको छ । 
    सरकारको ध्यानाकर्षणका लागि विभिन्न माग राख्दै नेकपा सप्तरीका नेता तथा कार्यकर्ताले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । 
    पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, सचिव तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश २ का सदस्य सुखराम यादव लगायतको नेतृत्वमा पार्टी कार्यकर्ताहरुले विहिबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए । 
    ज्ञापनपत्र मार्फत तत्काल बाढीको समस्या र राहत बितरणलाई प्रभावकारी, व्यवस्थित गर्न र अनुगमन गर्न माग समेत गरिएको छ । 
    बाढीका कारण यस वर्ष सप्तरीमा एक जनाको बगेर मृत्यु तथा एक जना अझै वेपत्ता हुनुका साथै चट्याङले तिन जनाको ज्यान गएको उल्लेख गर्दै मृतक परिवारलाई आवश्यक क्षतिपुर्ती तथा जिल्लाका १८ वटै स्थानिय तहमा विपद व्यवस्थापन समिति गठन गरी सक्रिय बनाउन र राहत तथा उद्घार कार्यमा राजनीतिक दलहरुसँग समन्वय र सहकार्य गर्न÷गराउन माग गरिएको छ । 
    यस्तै बाढीले भत्काएका विभिन्न स्थानका बाँध र संरचनाको पुर्णनिर्माण, क्षतिग्रस्त सडक, नहर, बिजुली, खानेपानी लगायतका आवश्यक सेवाको अबिलम्ब मर्मत गरी अवरुद्घ सेवाहरुको संचालन गर्न ध्यानाकर्षण गराएको छ । 
    यस्तै बाढीले कृषि क्षेत्रमा ठुलो क्षति पु¥याएको उल्लेख गर्दै ध्यानाकर्षण पत्र मार्फत कृषकलाई राहत अनुदान र सहज ढंगले रसायनिक मल अबिलम्ब उपलब्ध गराउनुपर्ने माग गरिएको छ । 
    ध्यानाकर्षण पत्रमा चुरे क्षेत्रको अनियन्त्रित दोहन रोक्न नसक्दा बर्षौ देखि त्यस क्षेत्र हुँदै वग्ने नदी र खोलाको बाढीले ठुलो जनधनको क्षति गर्ने गरेको उल्लेख गर्दै चुरे क्षेत्र संरक्षणका लागी ठोस कदम चाल्नुपर्ने माग समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
परियारको नेतृत्व फुटबल संघ
परियारको नेतृत्व फुटबल संघ
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
एकल महिलाले बच्चा जन्माइन 
एकल महिलाले बच्चा जन्माइन 
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित
सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित