सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध

राजविराज राजविराज
|
बुधबार, कार्तिक १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध

सारांश

  •     विसं २०७५ जेठ ४ गते कान्छाराम–बामती—देव एण्ड सायरसँग वि.
  • सं.
  • २०७७ मंसिर १७ गते सम्म सडक निर्माण सक्नुपर्ने सम्झौता भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 

    सप्तरीको पातो–कठौना सडकखण्ड निर्माणको माग गर्दै बुधबार स्थानीय यूवाहरुले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । यूवाहरुले सडकमै टायर बालेर बिहानैदेखी प्रदर्शनमा उत्रेपछी सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 
    विसं २०७५ जेठ ४ गते कान्छाराम–बामती—देव एण्ड सायरसँग वि.सं. २०७७ मंसिर १७ गते सम्म सडक निर्माण सक्नुपर्ने सम्झौता भएको थियो । उक्त सडक निर्माण कार्यका लागि कान्छाराम–बामती—देव एण्ड सायर ठेक्का पाएपनि सडक निर्माण भने बामती भण्डार निर्माण सेवाले गरिरहेको छ ।
    कुल ७० करोड ४४ लाख ६१ हजार ४३ भ्याटसहित रकममा १८ किलोमिटर लम्बाई र ११ मिटर चौडाइ सडक निर्माणको सम्झौता भएको झण्डै ८ वर्ष बितिसक्दा पनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । 
    यस अवधीमा सो सडकखण्डको मात्र ३९ प्रतिशत कार्य सम्पन्न भएको हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिएका छन् । 
    बि.स. २०८२ साल असार ६ गते चौथो पटक म्याद थप हुँदा समेत अझै सडक निर्माण कार्यले गति लिन नसकेपछी २०८२ साल असोज ३१ गते आयोजनाले ठेक्का पाएका कम्पनीलाई “ठेक्का अन्त्य कीन नगर्ने” सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको थियो । चौथो पटकको म्याद २०८२ माघ १ गते सम्मका लागि थपिएको छ । 
    यता सडक निर्माण हुन नसक्दा वर्षामा हिल्लामै र सुख्खामा धुलामै हुने गरेको छ । सडक समयमै कालोपत्र नभएकाले गाडीले उडाएको धुलोले दिउँसै अध्यारो हुने गरेको छ । यस सडकबाट दैनिक रुपमा एक दर्जन भन्दा बढी सवारीसाधानहरु आवतजावत गर्नेगर्छन् । 
    डाक्नेश्वरी नगरपालिका १ अमरलति चौकका श्रवणकुमार यादवले भने, “स्थानीयमा धुलोबाट श्वाशप्रशस्वासको रोग देखिन थालेको छ, जसकारण हामी सडक निर्माणको माग राख्दै आन्दोलित भएका छौं ।”
    सो सडक हुलाकी सहायक खण्डको रुपमा पूर्व–पश्चिम राजमार्गको कठौना बजारदेखि दक्षिण भारतीय सीमासम्म बन्ने भएको छ । यसमा कठौनादेखि मुख्य केन्द्र विन्दुको रुपमा रहेको पातो बजारसम्म ग्रावेलको काम पूरा गरेर निर्माण कम्पनीले सडकको काम अलपत्र छाडेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
एनआईसी एशियाको २ सय ७९  शाखा महदेवामा संचालन
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती