चारवटै प्रतिनिधिसभा क्षेत्रमा जनमतको ८५ हजार ५ सय ९२ मत 

राजविराज राजविराज
|
मंगलबार, मंसिर १३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
चारवटै प्रतिनिधिसभा क्षेत्रमा जनमतको ८५ हजार ५ सय ९२ मत 

सारांश

  •     जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं.
  • १ को प्रदेशसभा १ र २ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
  • उक्त दुबै प्रदेशसभा क्षेत्रमा पनि जनमत पार्टीले २३ हजार ३ सय १४ मत प्राप्त गरि पहिलो भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर । 

    सप्तरी जिल्लाको चारवटै प्रतिनिधिसभा क्षेत्रमा ८५ हजार ५ सय ९२ मत प्राप्त गरि जनमत पहिलो भएको छ । यस्तै जसपाले ४८ हजार ३ सय ५० मत प्राप्त गरि दोश्रो भएको छ भने भने नेपाली काँग्रेस ३५ हजार भन्दा बढी मत प्राप्त गरि तेश्रो स्थानमा रहेको छ । यस्तै ८ वटै प्रदेशसभा क्षेत्रमा ५० हजार भन्दा बढी मत ल्याई जनमत नै पहिलो भएको छ ।
    जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ र २ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । उक्त दुबै प्रदेशसभा क्षेत्रमा पनि जनमत पार्टीले २३ हजार ३ सय १४ मत प्राप्त गरि पहिलो भएको छ । सो क्षेत्रमा जसपाले १३ हजार ५ सय २, नेपाली काँग्रेसले १० हजार ८ सय ८०, नेकपा एमालेले १० हजार ६ सय ८१, माओवादी केन्द्रले २ हजार ८ सय १८, नागरिक उन्मुक्ति पार्टीले २ हजार २ सय ५५, राप्रपाले १ हजार ७ सय ३, नेकपा एसले १ हजार २ सय ३९ तथा लोसपाले ७ सय ७० मत प्राप्त गरेको छ । यस प्रदेशसभा क्षेत्रमा ७५ हजार ८ सय ९३ मत खसेकोमा ५ हजार ६ सय ४० मत बदर भएपछि ७० हजार २ सय ५१ मत सदर भएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै जिल्लाकै प्रतिनिधिसभा क्षेत्र नं. ४ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भएको छ । सो क्षेत्रमा जनमत पार्टीले नै सबै भन्दा बढी मत पाएको छ । यस क्षेत्रमा जनमतले १५ हजार १ सय २३ मत पाएको छ । यस्तै जसपाले ११ हजार ७ सय ७५, नेपाली काँग्रेसले ९ हजार ९ सय २३, नेकपा एसले ६ हजार ३ सय ३८, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३ सय ४, नेकपा एमालेले ४ हजार ७ सय ७५, बहुजन पार्टीले २ हजार ४ सय १६, माओवादी केन्द्रले २ हजार २ सय ६४ र स्वतन्त्र पार्टीले १ हजार १ सय १० मत प्राप्त गरेको छ । यस क्षेत्रमा ६९ हजार ५ सय ८८ मत खसेकोमा ४ हजार ७ सय ९३ मत बदर भई ६४ हजार ७ सय ९५ मत सदर भएको थियो । यस क्षेत्रको प्रदेशसभाको समानुपातिक मतगणना अझै जारि नै रहेको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा