घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
४६ पटक हेरिएको
Shares
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी

सारांश

  •     घाम उदाएपछि विभिन्न नदी र खोलामा पानीको बहाव घट्दै गएपछि बाढीबाट बिस्थापनमा परि विद्यालय र बाँध लगायतका स्थानमा आश्रय लिई बसेका बाढीपीडितहरुले राहत महसुस गरेका हुन् ।
  •       यता वर्षा रोकिएर घाम उदाएपछि बजारमा चहलपहल समेत बढेको छ ।
  • घाम लागेसँगै सर्वसाधारणले लुगाफाटा धोएर सुकाउने लहर नै चलेको देखिन्छ भने अधिकांश बाढीपीडितहरु पनि घर फर्केर बाढीले तहसनहस बनाएको घर ठिकठाक पार्न ब्यस्त भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 
    वर्षा र बाढीको चपेटामा परेर कष्टकर दैनिकी बिताउन बाध्य भएका सर्वसाधारण मंगलबार दिउँसोदेखी वर्षा रोकिएर घाम लागेपछि राहत महसुस गरेका छन् । 
    घाम उदाएपछि विभिन्न नदी र खोलामा पानीको बहाव घट्दै गएपछि बाढीबाट बिस्थापनमा परि विद्यालय र बाँध लगायतका स्थानमा आश्रय लिई बसेका बाढीपीडितहरुले राहत महसुस गरेका हुन् । 
    यता वर्षा रोकिएर घाम उदाएपछि बजारमा चहलपहल समेत बढेको छ । घाम लागेसँगै सर्वसाधारणले लुगाफाटा धोएर सुकाउने लहर नै चलेको देखिन्छ भने अधिकांश बाढीपीडितहरु पनि घर फर्केर बाढीले तहसनहस बनाएको घर ठिकठाक पार्न ब्यस्त भएका छन् । 
    घाम नलाग्ने र दिनरात वर्षा हुने गरेका कारण एक सातादेखी धोएको लुगा नसुकेर हैरानी बेहोर्नु परेको थियो, राजविराज नगरपालिका वडा नं. २ की रंजिता कुमारी यादवले भनिन्, “तर आज घाम उदाएकाले हतार हतारमा थप लुगाफाटा धुने र सुकाउने काममा ब्यस्त भएको छु ।” 
    डिएसपी भावेष रिमालले वर्षा रोकिएर घाम उदाएपछि बाढीले भत्काएका बाध मर्मत कार्य तथा बाढीपीडितको राहत कार्य पनि सहज बन्दै गएको बताए । 
    यद्दपी हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिकाको केही वडाका घरमा अझै बाढीको पानी रहेकाले बिस्थापनमा परेर स्थानिय प्रशासनद्वारा मिलाइएको सुरक्षित वास स्थलबाट फर्काउन एक दुई दिन समय अझै लाग्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उनले मंगलबार बिहान तिलाठी कोइलाडी गाउँपालिकास्थित बाध कटानको जोखिममा परेको खबर आएपछि तत्कालै सेना र प्रहरीको सहयोगमा मर्मत गरि सम्भावित खतरा टार्न सफल भएको बताए । 
    मौसम सफा भएपछि बाढी प्रभावित क्षेत्रमा काम गर्न केही सहज भएको तथा जनजिवन सामान्यतर्फ फर्किदै गएको जानकारी दिँदै उनले भने, “बाढी प्रभावित क्षेत्रमा हामी दिनरात खटेका छौं, अब बाढीले थप पीडा दिने अवस्था तत्काल देखिएको छैन् ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा