प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ८, २०७७
|
|
५१ पटक हेरिएको
Shares
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 

सारांश

  •     सो क्रममा दुई जना तस्कर भने फरार भएको बताउँदै डिएसपी साहले टोलीले बरामद गरेको सामानमा २ सय ६५ थान ट्याकसुट पाइन्ट, २ सय ४२ थान भेस्ट र १ सय ३४ थान हाफ पाइन्ट लगायतका रेडिमेड कपडा रहेको जानकारी दिए ।
  •       यस्तै तस्करीमा प्रयोग गरिएको बिआर ०७ सी ७०२७ र बीआर ५५ एच २२३५ नम्बरको भारतीय मोटरसाइकल तथा नेपाली बा.
  • २५प.

    राजविराज/सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरि ल्याउँदै गरेको ६ सय ४१ थान विभिन्न रेडिमेड कपडा नियन्त्रणमा लिएको छ । 
    गोप्य सूचनाको आधारमा शनिबार बिहान ६ बजेतिर इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा चेकजाच गर्ने क्रममा ती रेडिमेड कपडाहरु नियन्त्रणमा लिएको जनाएको छ । 
    प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई जना तस्करलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । 
    सो क्रममा दुई जना तस्कर भने फरार भएको बताउँदै डिएसपी साहले टोलीले बरामद गरेको सामानमा २ सय ६५ थान ट्याकसुट पाइन्ट, २ सय ४२ थान भेस्ट र १ सय ३४ थान हाफ पाइन्ट लगायतका रेडिमेड कपडा रहेको जानकारी दिए । 
    यस्तै तस्करीमा प्रयोग गरिएको बिआर ०७ सी ७०२७ र बीआर ५५ एच २२३५ नम्बरको भारतीय मोटरसाइकल तथा नेपाली बा.२५प. ५८३० नम्बरको मोटरसाइकसहित सप्तरीको सुरुङ्गा नगरपालिका ४ निवासी रामअवतार यादव र सिरहाको भगवानपुर गाउँपालिका ४ निवासी मो. नसरुद्धिनलाई प्रहरी नियन्त्रणमा लिइएको डिएसपी साहले बताए ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
एघार लाख बढीको भन्सार छलेका सामान बरामद
एघार लाख बढीको भन्सार छलेका सामान बरामद
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी