आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण

राजविराज राजविराज
|
बिहिबार, माघ १७, २०७५
|
|
७२ पटक हेरिएको
Shares
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण

सारांश

  •     हनुमाननगर कंकालिनी नगरपालिका र डिएसके फाउन्डेशनको सहयोग तथा जनविकास श्रोत केन्द्र जनकपुरको आयोजनामा स्थानिय रोयल सेकेन्ड्री स्कुलको खेलमैदानमा बुधबार आयोजित कार्यक्रममा सो पोशाक बितरण गरिएको हो ।
  •       प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रशिक्षणमा सहभागी नगरपालिका क्षेत्रका १० विद्यालयका ४ सय बालिकाहरुलाई खेलकुद पोशाक (गि) वितरण गरेका हुन ।
  •       कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले छोरीलाई शिक्षा र खेलकुदमा सहभागीता बढाउने तथा आत्मरक्षाका लागी समेत सक्षम बनाउने उद्देश्यले १० महिने प्रशिक्षण कार्यक्रम थालिएको भन्दै यसमा सवै अभिभावकको साथ र सहयोग आवश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालन भईरहेको लैङ्गिक हिंसा विरुद्घ छात्राहरुलाई आत्मरक्षा सम्बन्धी १० महिने प्रशिक्षण कार्यक्रमका चार सय सहभागी छात्राले अभ्यास पोशाक (गि) प्राप्त गरेका छन् । 
    हनुमाननगर कंकालिनी नगरपालिका र डिएसके फाउन्डेशनको सहयोग तथा जनविकास श्रोत केन्द्र जनकपुरको आयोजनामा स्थानिय रोयल सेकेन्ड्री स्कुलको खेलमैदानमा बुधबार आयोजित कार्यक्रममा सो पोशाक बितरण गरिएको हो । 
    प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रशिक्षणमा सहभागी नगरपालिका क्षेत्रका १० विद्यालयका ४ सय बालिकाहरुलाई खेलकुद पोशाक (गि) वितरण गरेका हुन । 
    कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले छोरीलाई शिक्षा र खेलकुदमा सहभागीता बढाउने तथा आत्मरक्षाका लागी समेत सक्षम बनाउने उद्देश्यले १० महिने प्रशिक्षण कार्यक्रम थालिएको भन्दै यसमा सवै अभिभावकको साथ र सहयोग आवश्यक रहेको बताए । यस्ता कार्यक्रम प्रदेशका सवै ८ वटै जिल्लामा संचालन हुने उनको भनाई छ ।    
    विजय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख सरिता देवी यादव पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, रोयल सेकेन्ड्री स्कुलका संस्थापक देवनाथ यादव लगायतले शुभकामना दिएका थिए । 
    उनीहरुलाई कराते संघ प्रदेश २ का अध्यक्ष बैद्यनाथ यादवको नेतृत्वको ४ सदस्यीय प्रशिक्षकको टोलीले गत साउन देखि आत्मरक्षाका लागी कराते प्रशिक्षण दिई रहेका छन् । प्रशिक्षण आगामी जेठ महिना सम्म चल्ने छ । 
    मन्त्री साहले छोरा स्व. डा. संजय कुमार साहको स्मृति एवम सम्मानमा डिएसके फाउन्डेशनको स्थापना गरेका हुन् । सोही फाउन्डेशनले प्रशिक्षणमा सहभागी छोरीहरुलाई लागि डे«सको व्यवस्था मिलाई दिएको हो भने हनुमाननगर कंकालिनी नगरपालिकाले प्रशिक्षण, प्रशिक्षक तथा अन्य खर्चको व्यवस्थापन गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी