दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालन भईरहेको लैङ्गिक हिंसा विरुद्घ छात्राहरुलाई आत्मरक्षा सम्बन्धी १० महिने प्रशिक्षण कार्यक्रमका चार सय सहभागी छात्राले अभ्यास पोशाक (गि) प्राप्त गरेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका र डिएसके फाउन्डेशनको सहयोग तथा जनविकास श्रोत केन्द्र जनकपुरको आयोजनामा स्थानिय रोयल सेकेन्ड्री स्कुलको खेलमैदानमा बुधबार आयोजित कार्यक्रममा सो पोशाक बितरण गरिएको हो ।
प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रशिक्षणमा सहभागी नगरपालिका क्षेत्रका १० विद्यालयका ४ सय बालिकाहरुलाई खेलकुद पोशाक (गि) वितरण गरेका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले छोरीलाई शिक्षा र खेलकुदमा सहभागीता बढाउने तथा आत्मरक्षाका लागी समेत सक्षम बनाउने उद्देश्यले १० महिने प्रशिक्षण कार्यक्रम थालिएको भन्दै यसमा सवै अभिभावकको साथ र सहयोग आवश्यक रहेको बताए । यस्ता कार्यक्रम प्रदेशका सवै ८ वटै जिल्लामा संचालन हुने उनको भनाई छ ।
विजय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख सरिता देवी यादव पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, रोयल सेकेन्ड्री स्कुलका संस्थापक देवनाथ यादव लगायतले शुभकामना दिएका थिए ।
उनीहरुलाई कराते संघ प्रदेश २ का अध्यक्ष बैद्यनाथ यादवको नेतृत्वको ४ सदस्यीय प्रशिक्षकको टोलीले गत साउन देखि आत्मरक्षाका लागी कराते प्रशिक्षण दिई रहेका छन् । प्रशिक्षण आगामी जेठ महिना सम्म चल्ने छ ।
मन्त्री साहले छोरा स्व. डा. संजय कुमार साहको स्मृति एवम सम्मानमा डिएसके फाउन्डेशनको स्थापना गरेका हुन् । सोही फाउन्डेशनले प्रशिक्षणमा सहभागी छोरीहरुलाई लागि डे«सको व्यवस्था मिलाई दिएको हो भने हनुमाननगर कंकालिनी नगरपालिकाले प्रशिक्षण, प्रशिक्षक तथा अन्य खर्चको व्यवस्थापन गरेको छ ।
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि चार सय छात्रालाई पोशाक बितरण
सारांश
- हनुमाननगर कंकालिनी नगरपालिका र डिएसके फाउन्डेशनको सहयोग तथा जनविकास श्रोत केन्द्र जनकपुरको आयोजनामा स्थानिय रोयल सेकेन्ड्री स्कुलको खेलमैदानमा बुधबार आयोजित कार्यक्रममा सो पोशाक बितरण गरिएको हो ।
- प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रशिक्षणमा सहभागी नगरपालिका क्षेत्रका १० विद्यालयका ४ सय बालिकाहरुलाई खेलकुद पोशाक (गि) वितरण गरेका हुन ।
- कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले छोरीलाई शिक्षा र खेलकुदमा सहभागीता बढाउने तथा आत्मरक्षाका लागी समेत सक्षम बनाउने उद्देश्यले १० महिने प्रशिक्षण कार्यक्रम थालिएको भन्दै यसमा सवै अभिभावकको साथ र सहयोग आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया