प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित

राजविराज राजविराज
|
मंगलबार, माघ २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित

सारांश

  •     निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १ सय १ जना कर्मचारीमध्ये २५ जना पोशाकविहीन अवस्थामा उपस्थित रहेको पाइएको तथा ९७ जना अनुपस्थित रहेको पाइएको छ ।
  •      प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासनलाई सेवामा अनुशासन र जिम्मेवारीका साथ लाग्न निर्देशन दिँदै तोकिएको समयमा हाजिर नभएका कर्मचारीहरूमाथि कानुनी कारबाही हुने चेतावनी समेत दिएका छन् ।
  •       उनले आगामी दिनमा अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कडाइका साथ अनुगमन गरिने बताउँदै निर्माणधिन भवन पटक–पटक म्याद थप्दा पनि हालसम्म सञ्चालन नआएकोले भवनका अधुरा काम सम्पन्न गर्न आवश्यक पहल गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 

    स्वास्थ्य सेवामा लापरबाहीका गुनासाहरू बढ्दै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहालले आकस्मिक निरीक्षण गरेका छन् ।
    निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १ सय १ जना कर्मचारीमध्ये २५ जना पोशाकविहीन अवस्थामा उपस्थित रहेको पाइएको तथा ९७ जना अनुपस्थित रहेको पाइएको छ ।     प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासनलाई सेवामा अनुशासन र जिम्मेवारीका साथ लाग्न निर्देशन दिँदै तोकिएको समयमा हाजिर नभएका कर्मचारीहरूमाथि कानुनी कारबाही हुने चेतावनी समेत दिएका छन् । 
    उनले आगामी दिनमा अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कडाइका साथ अनुगमन गरिने बताउँदै निर्माणधिन भवन पटक–पटक म्याद थप्दा पनि हालसम्म सञ्चालन नआएकोले भवनका अधुरा काम सम्पन्न गर्न आवश्यक पहल गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । 
    प्रजिअ दाहालले स्थानीय प्रशासनले सर्वसाधारणको स्वास्थ्य अधिकारको रक्षा गर्दै उत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउन थप आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    अस्पतालले करार तथा ज्यालादारी कर्मचारीहरू मार्फत विभिन्न सेवा संचालन गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नासु सजिब कुमार साहले जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
सप्तरीका सबै आईसोलेशन वाड खाली
सप्तरीका सबै आईसोलेशन वाड खाली
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो