समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान

राजविराज राजविराज
|
बिहिबार, मंसिर १४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान

सारांश

  •     धर्मी हल्फा क्लबका अध्यक्ष ई.
  • सूर्यनारायण यादवले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं.
  • १ स्थित परसाही टोलका अग्निपीडित छेदी यादवका परिवारलाई राहत प्रदान गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    सप्तरीका एक समाजसेवीले सधै झैं बुधबार पनि एक अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन् । 
    धर्मी हल्फा क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाही टोलका अग्निपीडित छेदी यादवका परिवारलाई राहत प्रदान गरेका हुन् । 
    आगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेका यादव परिवारलाई त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल, ग्लास, डेक्ची, कराही, छोल्नी, बाल्टिन, मग लगायतका सामाग्रीहरू ई. यादवले पीडितकै घर पुगेर बितरण गरे । 
    गत शनिबार दिउँसो अचानक आगलागि हुँदा एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको थियो । आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको पीडितले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?