अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद

राजविराज राजविराज
|
बुधबार, मंसिर २६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद

सारांश

  •     सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।
  •       कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं.
  • ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले शिक्षामा फरक क्षमता भएका बालबालिकाको सहज पहुँच कायम हुन सके मात्र सबैका लागि शिक्षा अभियान सफल हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।

    अपाङ्गता भएकाहरुको शिक्षामा पहुँच विषयक प्रदेश स्तरीय सम्वाद राजविराजमा सम्पन्न भएको छ ।
    सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा बुधवार कार्यक्रम सम्पन्न भएको हो । 
    कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले शिक्षामा फरक क्षमता भएका बालबालिकाको सहज पहुँच कायम हुन सके मात्र सबैका लागि शिक्षा अभियान सफल हुने बताए ।
    कार्यक्रमका विशिष्ठ अतिथि पूर्व कृषि मन्त्री तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले फरक क्षमता भएका तथा फरक लिङ्गी बालबालिकाको लागि गैरसरकारी संस्थाको मात्र भर पर्नुभन्दा पनि जनप्रतिनिधि, राजनितीकर्मी लगायत सबै पक्षले आ आफ्नो तर्फबाट भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिए । 
    अपाङ्गगता लगायतका क्षेत्रमा संस्थाले गरेको कामका बारेमा संस्थाका अध्यक्षम अध्यक्ष ध्रुव प्रसाद देवले विवरण प्रस्तुत गरेका थिए । 
    संस्थाका अध्यक्ष देवको अध्यक्षतामा आयोजित कार्यक्रममा एशिया फाउनडेशन मधेश प्रदेशका प्रोजेक्ट म्यानेजर रोशन झा, कार्यक्रम संयोजक राकेश यादव लगायतले पनि बोलेका थिए । कार्यक्रममा मधेश प्रदेश भित्रका शिक्षा क्षेत्रका अगुवा तथा विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ