महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, कार्तिक ९, २०८३
|
|
५ पटक हेरिएको
Shares
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

सारांश

  • जिल्लाको सुरुङ्गा नगरपालिकाकी ती दलित महिलामाथी सामूहिक बलात्कार भएको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कडरबोनामा पीडित परिवारजनले किटानी जाहेरी दिएपछी घटना सार्वजनिक भएको हो ।
  • प्राप्त जानकारी अनुसार गत बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसा नजिकैको आँप बगानमा उक्त घटना भएको हो ।
  • घटनामा संलग्न तीन जना स्थानीय युवकविरुद्ध पीडित परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएका थिए ।
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
सप्तरीमा २५ वर्षीया एक दलित महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिकाकी ती दलित महिलामाथी सामूहिक बलात्कार भएको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कडरबोनामा पीडित परिवारजनले किटानी जाहेरी दिएपछी घटना सार्वजनिक भएको हो ।
प्राप्त जानकारी अनुसार गत बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसा नजिकैको आँप बगानमा उक्त घटना भएको हो । घटनामा संलग्न तीन जना स्थानीय युवकविरुद्ध पीडित परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएका थिए ।
घटना विवरण अनुसार गाउँमा आयोजित दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि बलान नदी लगिएको थियो । मुर्ति विसर्जनपछि फर्किने क्रममा ट्याक्टरमा डिजेल सकिएर गाडी बाटोमै रोकिको थियो । सो ट्याक्टरमा रहेकी ती महिला एक्लै पैदल घरतर्फ जाँदै थिइन् । सोही क्रममा बाटो छेउमा बसिरहेका तीन जना युवकहरूले नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगानमा पु¥याएर करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
आरोपितहरूले धाकधम्की दिँदै जबरजस्तीकरणी गरेर महिलालाई घटनास्थलमै बेहोस अवस्थामा छाडेर फरार भएका थिए । अबेरसम्म घर नपुगेपछि खोजतलास गर्दै आएका स्थानीयवासी र आफन्तले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए ।
यता, घटना सम्बन्धमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा किटानी जाहेरी दिएको जनाउँदै घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्काको काम अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरी उपरिक्षक रुपक खड्काका अनुसार घटनामा संलग्न संदिग्ध युवकहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । अनुसन्धान प्रभावित हुन नदिन र आरोपीहरू भाग्न नपाऊन् भनेर प्रहरीले थप विवरण गोप्य राखी सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि