राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

राजविराज राजविराज
|
सोमबार, जेठ ११, २०८३
|
|
५२ पटक हेरिएको
Shares
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

सारांश

  •     प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले यस्ता प्रतियोगिताबाट नयाँ नयाँ प्रतिभा उत्पादन हुनुका साथै नगर र जिल्लालाई चिनाउन पनि ठूलो मद्दत पुग्ने बताइन् ।
  •     भारोत्तोलन संघ सप्तरीका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक मिठुसेन पार्थो गुप्ता, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, पूर्व वडाअध्यक्ष प्रेम यादवलगायतले शुभकामना दिएका थिए ।
  •       पहिलो दिनको खेलमा नेपाल प्रहरीका भारोत्तोलक हिरामोती थारुले ४८ केजी तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 

    सप्तरीमा सोमबारदेखी प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु भएको छ । भारोत्तोलन संघ सप्तरीको आयोजनामा राजविराजस्थित खेलकुद विकास समितिको कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो । 
    प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले यस्ता प्रतियोगिताबाट नयाँ नयाँ प्रतिभा उत्पादन हुनुका साथै नगर र जिल्लालाई चिनाउन पनि ठूलो मद्दत पुग्ने बताइन् ।
    भारोत्तोलन संघ सप्तरीका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक मिठुसेन पार्थो गुप्ता, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, पूर्व वडाअध्यक्ष प्रेम यादवलगायतले शुभकामना दिएका थिए । 
    पहिलो दिनको खेलमा नेपाल प्रहरीका भारोत्तोलक हिरामोती थारुले ४८ केजी तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । उनले क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ केजी तौल उचालेर नयाँ किर्तिमान रचेको निर्णायक मण्डलका सदस्य रुकेश तण्डुकारले जानकारी दिए । 
    यस्तै ५३ किलो तौल समूहमा महिलातर्फ सिनियर÷जुनियर दुबैमा सप्तरीकी अमृता यादव स्वर्ण पदक जितेकी छिन् । उक्त तौल समूहमा झापाकी करिना चौधरी र नेपाली सेनाका रक्षा धामी क्रमशः रजत र काश्य पदक जितेकी छिन् । 
    यस्तै जुनियर र युथको महिलातर्फ दुबैमा सप्तरीकी सन्ध्या कुमारीले स्वर्ण पदक हात पारेकी छिन् । ४८ केजी जुनियर र युथ दुबैमा सप्तरीकै अम्बिका यादव स्वर्ण पदक जितेकी छिन । 
    जेठ १३ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै सात वटै प्रदेशका महिला÷पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । 
    आयोजक समितिका सचिव जितेन्द्र प्रसाद गुप्ताका अनुसार प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको प्रतिष्पर्धाहरु हुनेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा