राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

राजविराज राजविराज
|
सोमबार, जेठ ११, २०८३
|
|
१३५ पटक हेरिएको
Shares
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

सारांश

  •     प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले यस्ता प्रतियोगिताबाट नयाँ नयाँ प्रतिभा उत्पादन हुनुका साथै नगर र जिल्लालाई चिनाउन पनि ठूलो मद्दत पुग्ने बताइन् ।
  •     भारोत्तोलन संघ सप्तरीका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक मिठुसेन पार्थो गुप्ता, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, पूर्व वडाअध्यक्ष प्रेम यादवलगायतले शुभकामना दिएका थिए ।
  •       पहिलो दिनको खेलमा नेपाल प्रहरीका भारोत्तोलक हिरामोती थारुले ४८ केजी तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 

    सप्तरीमा सोमबारदेखी प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु भएको छ । भारोत्तोलन संघ सप्तरीको आयोजनामा राजविराजस्थित खेलकुद विकास समितिको कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो । 
    प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले यस्ता प्रतियोगिताबाट नयाँ नयाँ प्रतिभा उत्पादन हुनुका साथै नगर र जिल्लालाई चिनाउन पनि ठूलो मद्दत पुग्ने बताइन् ।
    भारोत्तोलन संघ सप्तरीका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक मिठुसेन पार्थो गुप्ता, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, पूर्व वडाअध्यक्ष प्रेम यादवलगायतले शुभकामना दिएका थिए । 
    पहिलो दिनको खेलमा नेपाल प्रहरीका भारोत्तोलक हिरामोती थारुले ४८ केजी तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । उनले क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ केजी तौल उचालेर नयाँ किर्तिमान रचेको निर्णायक मण्डलका सदस्य रुकेश तण्डुकारले जानकारी दिए । 
    यस्तै ५३ किलो तौल समूहमा महिलातर्फ सिनियर÷जुनियर दुबैमा सप्तरीकी अमृता यादव स्वर्ण पदक जितेकी छिन् । उक्त तौल समूहमा झापाकी करिना चौधरी र नेपाली सेनाका रक्षा धामी क्रमशः रजत र काश्य पदक जितेकी छिन् । 
    यस्तै जुनियर र युथको महिलातर्फ दुबैमा सप्तरीकी सन्ध्या कुमारीले स्वर्ण पदक हात पारेकी छिन् । ४८ केजी जुनियर र युथ दुबैमा सप्तरीकै अम्बिका यादव स्वर्ण पदक जितेकी छिन । 
    जेठ १३ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै सात वटै प्रदेशका महिला÷पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । 
    आयोजक समितिका सचिव जितेन्द्र प्रसाद गुप्ताका अनुसार प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको प्रतिष्पर्धाहरु हुनेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
भतिजिको बलात्कार गराउने  कार्यमा सघाएकी काकी पक्राउ
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
आफ्नै कुखुरा फर्ममा आगजनी 
आफ्नै कुखुरा फर्ममा आगजनी 
बलात्कारका केही घटना झुठो भएको खुलासा
बलात्कारका केही घटना झुठो भएको खुलासा

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी