धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, कार्तिक १०, २०८३
|
|
४१ पटक हेरिएको
Shares
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

सारांश

  • सो पालिका वडा नं.
  • ६ स्थित धर्मराज बाबा धानगहुँ खरिद बिक्री केन्द्रबाट उक्त संख्याको गहुँको बोरा चोरी भएको हो ।
  • केन्द्रका संचालक गंगाराम महरानले गोदाममा राखिएका ६ सय ३५ बोरा गहँु मध्ये ३ सय जती बोरा चोरी भएको जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 
सप्तरीको बलानविहुल गाउँपालिकास्थित एक धानगहँु बिक्रि केन्द्रबाट आईतवार मध्यराती रहस्यमय ढंगले ३ सय जति गहुँको बोरा चोरी भएको छ ।
सो पालिका वडा नं. ६ स्थित धर्मराज बाबा धानगहुँ खरिद बिक्री केन्द्रबाट उक्त संख्याको गहुँको बोरा चोरी भएको हो ।
केन्द्रका संचालक गंगाराम महरानले गोदाममा राखिएका ६ सय ३५ बोरा गहँु मध्ये ३ सय जती बोरा चोरी भएको जानकारी दिए । केन्द्र परिसर भित्र राखिएका ट्याक्टरको ब्याट्रिक समेत चोरले लगेको संचालक महरानले बताए ।
राती घरमा गोसाई पुजा भएकाले साँझै केन्द्र बन्द गरि घर गएको तथा सोमवार विहान ६ बजेतिर आउदा मात्र चोरी भएको थाहा पाएको उनले सुनाए । विहान गोदामको ढोका खोल्न आउँदा पहिले देखी नै ढोका खुलेको र लगाएर गएको ताल्चा पनि फुटाएर नजिकै फालिएको देखेपछी प्रहरीलाई खबर गरे उनले बताए ।
वडाअध्यक्ष सुर्य प्रसाद दासले उक्त घटना चोरी नभइ डकैती भएको सुनाए । उनले गाँउपालिकाबाट सिसीटीभी क्यामरा जडानको नाममा लाखौं रुपैया निकासा गरिएको भएपनि समय मै जडान र दुरुस्त गर्न नसक्दा अपराधी पत्ता लगाउन कठिन भएको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले घटना रहस्यमय र शंकास्पद रहेको भन्दै उक्त घटनाबारे इलाका प्रहरी कार्यालय कडरबोनाले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । उनले केन्द्रका संचालक महरानले सुरुमा गोदामबाट १ सय ५० बोरा गहँु र गोदाम परिसर मै राखिएको ट्याक्टरबाट १ थान ब्याट्रि समेत चोरी भएको प्रहरीलाई बताएको भएपनि पछि गएर ३ सय जति गहँुको बोरा चोरी भएको जानकारी गराएको सुनाए ।
प्रहरी उपरिक्षक खडकाले प्रति बोरामा ६० केजीका दरले गहुँ रहेको संचालक महरानले जानकारी गराएको र यसबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
पूर्व राजा फागुन २६ गते सप्तरी आउँदै
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ

छुटाउनुभयो कि ?

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो

धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो