नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

राजविराज राजविराज
|
मंगलबार, आश्विन २, २०८०
|
|
२६ पटक हेरिएको
Shares
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

सारांश

  •     नेकपा (एकिकृत समाजवादी) छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सत्यदेव मण्डल र जिल्ला सचिवालय सदस्य एवं अध्यक्षका प्रत्यासी उम्मेदबार जयप्रकाश यादवले मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त मागहरुबारे गाउँपालिकाले वेवास्ता गरेको भन्दै ती मागहरु सार्वजनिक गरेको हो ।
  •       आयोजित पत्रकार सम्मेलनमा ती मागहरुलाई गाउँपालिकाले बारम्बार वेवास्ता गरेकोले संघर्षका कार्यक्रम अन्तरगत पत्रकार सम्मेलन, असोज ३ गते देखी ९ गतेसम्म प्रतयेक वडामा जनता जागरण तथा भण्डाफोर कार्यक्रम, हसोज १० देखी १६ सम्म विभिन्न राजनीतिक दलहरुसँग सहकार्य एवं समन्वयमा गाउँपालिका केन्द्रित बिरोध कार्यक्रम, असोज १७ देखी २४ सम्म सामाजिक संजाल मार्फत बिरोध तथा हस्ताक्षर संकलन अभियान गरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने तथा २५ गतेदेखी दोश्रो चरणको सशक्त संघर्षका कार्यक्रमहरु तय गर्ने जानकारी दिइएको छ ।
  •       पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस विज्ञप्तिमा चालु आ.

दैनिक समाचारदाता
राजविराज, २ असोज ।

    नेकपा (एकिकृत समाजवादी) छिन्नमस्ता गाउँपालिका सप्तरीले गत असार १० गते २१ बुँदे माग अघि सार्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदा पनि हालसम्म गाउँपालिकाले सो मागप्रति वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
    नेकपा (एकिकृत समाजवादी) छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सत्यदेव मण्डल र जिल्ला सचिवालय सदस्य एवं अध्यक्षका प्रत्यासी उम्मेदबार जयप्रकाश यादवले मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त मागहरुबारे गाउँपालिकाले वेवास्ता गरेको भन्दै ती मागहरु सार्वजनिक गरेको हो । 
    आयोजित पत्रकार सम्मेलनमा ती मागहरुलाई गाउँपालिकाले बारम्बार वेवास्ता गरेकोले संघर्षका कार्यक्रम अन्तरगत पत्रकार सम्मेलन, असोज ३ गते देखी ९ गतेसम्म प्रतयेक वडामा जनता जागरण तथा भण्डाफोर कार्यक्रम, हसोज १० देखी १६ सम्म विभिन्न राजनीतिक दलहरुसँग सहकार्य एवं समन्वयमा गाउँपालिका केन्द्रित बिरोध कार्यक्रम, असोज १७ देखी २४ सम्म सामाजिक संजाल मार्फत बिरोध तथा हस्ताक्षर संकलन अभियान गरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने तथा २५ गतेदेखी दोश्रो चरणको सशक्त संघर्षका कार्यक्रमहरु तय गर्ने जानकारी दिइएको छ । 
    पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस विज्ञप्तिमा चालु आ.ब. २०८०÷८१ को कथित गाउँसभाबाट पारित गरिएका निर्णय र योजना तथा कार्यक्रमहरुको विवरण, आ.ब. २०७९÷८० को योजना पुस्तिका, खर्चको फाँटबारी, विषयगत शाखा÷उपशाखा तथा कृयाकलापहरुको छुट्टाछुट्टै प्रगति विवरण लगायतका मागहरु छन् । 
    त्यस्तै गाउँपालिका कार्यालयको प्रशासकीय भवन गाउँपालिका अध्यक्षको निजि घरमा के कुन प्रकृयाबाट के कति भाडा दरमा लिइएको तथा गत आ.ब. २०७९÷८० मा भुक्तानी हुन नसकेका योजना तथा कार्यक्रमको प्रमाणित विवरण उपलब्ध गराउन लगायत २१ बुँदे मागहरु रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी