दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीका अधिकांश सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने नगरेको भन्दै जनगुनासो आएपछि बुधबार विद्यालयहरुमा छड्के अनुगमन गरिएको छ ।
प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहितका टोलीले सो छड्के अनुगमन सुरु गरेको हो ।
पहिलो दिन राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको छड्के अनुगमन गरिएको छ ।
अनुगमन टोलीमा प्रदेश सांसद किरणकुमार साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायत सहभागि छन् । टोलीको नेतृत्वकर्ता प्रदेश सांसद साहले विद्यार्थी र विद्यालयको समस्या बुझ्नुका साथै सामुदायिक विद्यालयको अवस्था सुधारका लागि छड्के अनुगमन थालिएको जानकारी दिइन् ।
अनुगमनका क्रममा विद्यालयहरुमा देखिएको दुरावस्था बारे चिन्ता व्यक्त गर्दै उनले विद्यार्थी उपस्थिति संख्या पनि घट्दै गएकोमा सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउनुका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् ।
सोही अवसरमा विद्यार्थीहरुले शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनु पर्ने बाध्यता रहेको गुनासो पोखेका थिए । फर्सैठको आधारभुत विद्यालयमा १ सय ७९ जना विद्यार्थी छन् । तर सांसदसहित टोली अनुगमनमा जाँदा ७६ जना विद्यार्थी मात्रै उपस्थित थिए । अधिकांश विपन्न तथा दलित परिवारका विद्यार्थी पढ्ने उक्त विद्यालयमा नियमित रुपमा ७०÷८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले टोलीलाई सुनाएका थिए ।
अनुगमनका क्रममा प्रधानाध्यापक रुद्रानन्द झाले साधन श्रोतले भ्याएसम्म विद्यालयमा आकर्षण गराउन तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता टोलीसमक्ष व्यक्त गरेका थिए ।
टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले अनुगमनका क्रममा देखिएका त्रृटी सच्याउन दुबै विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिँदै अर्को पटक आउँदा ती सबै समस्याको समाधान गर्न सचेत गराएका थिए ।
जिल्ला भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थालिएको टोलीले जनाएको छ । विद्यालय पुगेर सांसद साह नेतृत्वको टोलीले त्यहाका विद्यार्थी र शिक्षकसँग साक्षात्कार मात्र गरेनन् केही बेर विद्यार्थीलाई पढाउने काम समेत गरे ।
विद्यालयमा छड्के अनुगमन
सारांश
- प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहितका टोलीले सो छड्के अनुगमन सुरु गरेको हो ।
- पहिलो दिन राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको छड्के अनुगमन गरिएको छ ।
- अनुगमन टोलीमा प्रदेश सांसद किरणकुमार साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायत सहभागि छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया