भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, भाद्र ७, २०७७
|
|
६५ पटक हेरिएको
Shares
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन

सारांश

  •     काँग्रेस र नेवि संघका यूवा नेताहरुले अस्पतालको मुल गेटमा करिब एक घण्टा भेन्टिलेटर र आइसियु सेवा संचालन गर्नुपर्ने, कोरोनाको पिसिआर परिक्षण दायरा बढाउनु पर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोश्रो चरणको राहत उपलब्ध गराउनु पर्ने लगायत माँगसहित प्रदर्शन गरेका हुन् ।
  •     प्रदर्शन गर्दै सरकारले उक्त माँगहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
  •       काँग्रेसका यूवा नेता इर्साद अन्सारीले भेन्टिलेटर र आइसियुको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 
नेपाली काँग्रेस र नेवि संघ सप्तरीका यूवाहरुले कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार सरकारबिरुद्ध राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडी प्रदर्शन गरेका छन् । 
    काँग्रेस र नेवि संघका यूवा नेताहरुले अस्पतालको मुल गेटमा करिब एक घण्टा भेन्टिलेटर र आइसियु सेवा संचालन गर्नुपर्ने, कोरोनाको पिसिआर परिक्षण दायरा बढाउनु पर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोश्रो चरणको राहत उपलब्ध गराउनु पर्ने लगायत माँगसहित प्रदर्शन गरेका हुन् ।
    प्रदर्शन गर्दै सरकारले उक्त माँगहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिए । 
    काँग्रेसका यूवा नेता इर्साद अन्सारीले भेन्टिलेटर र आइसियुको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताए ।     
    जिल्लामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको र संक्रमितको संख्या दिनदिनै बढ्दै गएको अवस्थालाई ध्यानमा राखी जनस्तरबाटै भेन्टिलेटर र आइसियु संचालनको माँग उठिरहेको बेला त्यसमा थप बल पु¥याउन सडकमा उत्रनु परेको आन्दोलित यूवाहरुको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ