दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
अदालतको आदेश कार्यान्वयन तथा न्याय सम्पादन कार्य छिटो छरितो गर्न माग गर्दै दुई दिनदेखी आमरण अनसनमा बसेका साह दम्पत्तिले शुक्रबार अनसन तोडेका छन् ।
सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षि सहोदर दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडी आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका पत्नि गौरीले शुक्रबार अनसन तोडेका हुन् ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका शाखा अधिकृत लक्ष्मिकान्त झाले उनीहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन् । न्यायधिश र सम्बद्ध फाँटका कर्मचारीहरुको बैठकपछि आगामी बिहीबार उक्त मुद्दाको टुङ्गो लगाउने आश्वासन पाएपछि अनसन तोडिएको साह दम्पत्तिले बताएका छन् ।
सो अवसरमा शाखा अधिकृत झाले आवश्यक प्रक्रिया पुरा गरि साह दम्पत्तिको मुद्दा प्राथमिकताका साथ हेरिने र छिट्टै न्याय निरुपन गर्ने सहमति भएकाले आमरन अनसन जस्तो कठोर आन्दोलनको आवश्यकता नरहेको प्रक्रिया दिए ।
अंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै साह दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडी अनसनमा बसेका थिए ।
सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको साह दम्पत्तिको भनाई छ ।
जिल्ला अदालतले गरेको पैmसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछी पैmसला कार्यान्वयन प्रक्रिया लम्बीएको हो ।
यस अघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तिलाई उच्च अदालतका न्यायाधिशहरुले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको थियो । तर आश्वासन अनुसार अदालतबाट न्यायनिरुपन प्रक्रिया अघि नबढेको भन्दै साह दम्पत्ति पुनः दोश्रो पल्ट अनसनमा बसेका थिए ।
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सारांश
- सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षि सहोदर दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडी आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका पत्नि गौरीले शुक्रबार अनसन तोडेका हुन् ।
- उच्च अदालत जनकपुर राजविराज इजलाशका शाखा अधिकृत लक्ष्मिकान्त झाले उनीहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।
- न्यायधिश र सम्बद्ध फाँटका कर्मचारीहरुको बैठकपछि आगामी बिहीबार उक्त मुद्दाको टुङ्गो लगाउने आश्वासन पाएपछि अनसन तोडिएको साह दम्पत्तिले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया