ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते

राजविराज राजविराज
|
बिहिबार, चैत्र ५, २०७७
|
|
६२ पटक हेरिएको
Shares
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते

सारांश

  •     आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
  • सो आगलागिबाट चार घर नष्ट हुनुका साथै २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  •       राती १० बजेतिर सो वडास्थित हरिकिसुन खंगको भान्सा कोठामा रहेको ग्यास सिलिण्डर पड्किएपछि लागेको आगो फैलिएर खंगका साथै छिमेकी रामचन्द्र खंग, नकछेदी खंग लगायतका चार घर जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुल्ला टोलमा बुधबार राती ग्यास सिलिण्डर पड्किएर आगलागि भएको छ । 
    आगो निभाउने क्रममा एक जना घाइते भएका छन् । सो आगलागिबाट चार घर नष्ट हुनुका साथै २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    राती १० बजेतिर सो वडास्थित हरिकिसुन खंगको भान्सा कोठामा रहेको ग्यास सिलिण्डर पड्किएपछि लागेको आगो फैलिएर खंगका साथै छिमेकी रामचन्द्र खंग, नकछेदी खंग लगायतका चार घर जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् । 
    यता आगो निभाउने क्रममा हरिकिसुन खंग घाइते भएका छन् । उनको तत्कालै उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराइएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । 
    राजविराज र हनुमानगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानियवासीको मद्दतले २ घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?