दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
राजविराज वडा नं. ९ मलेठस्थित गाउँ ब्लकका जग्गामा बसोवास गर्ने ७१ जना व्यक्तिलाई लालपूर्जा प्रदान गरिएको छ ।
वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजित गाउँ ब्लकको लालपूर्जा बितरण समारोहमा ती व्यक्तिहरुलाई उक्त लालपूर्जा प्रदान गरिएको हो ।
१ नं. नापी टोलीको आयोजना तथा वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा बि.स. २०६५ सालमा नापी कार्यालयले नापी गरेका ती व्यक्तिहरु बसोवास गर्दै आइरहेको गाउँ ब्लकको जग्गाको लालपूर्जा प्रदान गरिएको वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली) ले जानकारी दिएका छन् ।
वडा अध्यक्ष यादवका अनुसार नापी टोलीले बि.स. २०६५ सालमा नापी गरेको २ सय ३२ जनाको गाउँ ब्लकको जग्गाको लालपूर्जा बनेको हो । ती मध्ये सोमबार ७१ जनालाई तथा बाँकी रहेका सबैको वडा कार्यालयबाटै लालपूर्जा बितरण गरिने उनले जानकारी दिए ।
नापी कार्यालयका अधिकृत राकेश ठाकुरको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्य तथा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रहरी प्रमुख मनोज यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा १ नं. नापी टोलीका प्रमुख लक्ष्मेश्वर चौधरी, जगदेव यादवगणपति साहलगायतको उपस्थिति रहेको थियो ।
गाउँ ब्लकका जग्गामा बसोवास गर्नेलाई लालपूर्जा प्रदान
सारांश
- वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजित गाउँ ब्लकको लालपूर्जा बितरण समारोहमा ती व्यक्तिहरुलाई उक्त लालपूर्जा प्रदान गरिएको हो ।
- १ नं.
- नापी टोलीको आयोजना तथा वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया