सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध

राजविराज राजविराज
|
शनिबार, आश्विन २९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध

सारांश

  •     उक्त हत्याकाण्डमा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता रहेको समाचार लगातार प्रशारण गर्न भएपछि पत्रकारमाथि सशस्त्र प्रहरीको नजरिया नकारात्मक देखिएको हो ।
  •       सोही प्रकरणमा सप्तरीका पत्रकारहरुले सशस्त्र प्रहरीको हेडक्वाटरको भिडियो लिन खोज्दा सशस्त्र प्रहरीले रोक लगाएको हो ।
  • पत्रकारले अनुमति लिएर हेडक्वाटर प्रवेशद्धारको मात्र भिडियो खिच्ने भन्दा पनि यही हत्याकाण्डकै सोधपुछका लागि केन्द्रीय हेडक्वाटर तानिएका गणका प्रमुख एसपी प्रदीप खडकाले माथिको आदेशअनुसार खिच्न नमिल्ने भन्दै समाचार संकलनमा अवरोध गरेका हुन् ।

    राजविराज÷सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार संकलनमा खटिएका सप्तरीका सञ्चारकर्मीहरुलाई शनिबार सशस्त्र प्रहरीले अवरोध गरेको छ ।
    विष्णुपुर गाउँपालिका गोरगामास्थित सशस्त्र प्रहरीको ६ नम्बर हेडक्ववाटरले समाचार संकलनमा पत्रकारलाई अवरोध गरेको हो । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवसहित कान्तिपुरका अवधेशकुमार झा, आरएन विश्वास, एभिन्यूजकर्मी बैद्यनाथ यादव, सञ्चारकर्मीद्धय विद्यानन्द राम र सौरभ रामलाई समाचार संकलनमा सशस्त्र प्रहरीले अवरोध गरेको हो ।
    उक्त हत्याकाण्डमा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता रहेको समाचार लगातार प्रशारण गर्न भएपछि पत्रकारमाथि सशस्त्र प्रहरीको नजरिया नकारात्मक देखिएको हो । 
    सोही प्रकरणमा सप्तरीका पत्रकारहरुले सशस्त्र प्रहरीको हेडक्वाटरको भिडियो लिन खोज्दा सशस्त्र प्रहरीले रोक लगाएको हो । पत्रकारले अनुमति लिएर हेडक्वाटर प्रवेशद्धारको मात्र भिडियो खिच्ने भन्दा पनि यही हत्याकाण्डकै सोधपुछका लागि केन्द्रीय हेडक्वाटर तानिएका गणका प्रमुख एसपी प्रदीप खडकाले माथिको आदेशअनुसार खिच्न नमिल्ने भन्दै समाचार संकलनमा अवरोध गरेका हुन् ।
    यस विषयमा सशस्त्र प्रहरीकाका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले पत्रकारलाई भिडियो खिच्न नदिने कुनै नीति नभएपनि लगातार समाचार प्रशारण नगर्न पत्रकारलाई टेलिफोनमा आग्रह गरे ।  
    यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समाचार संकलनमा सशस्त्र प्रहरीले पत्रकारलाई रोक लगाउनु भनेको प्रेस स्वतन्त्रतामाथि सोझै हस्तक्षेप भएको भन्दै सशस्त्र प्रहरीको उक्त कार्यको भत्र्सना गरेको छ । महासंघका सचिव आरएन विश्वासले सशस्त्र प्रहरीलाई नेपालको संविधानभित्र रहेर पत्रकारलाई समाचार संकलनमा रोक लगाउन कुनै अधिकार नभएको प्रतिक्रिया दिए ।
    गोरगामास्थित सशस्त्र प्रहरीको हेडक्वाटरमा दरबन्दी भई बिओपी छिन्नमस्ता कार्यरत असई सत्यनारायण यादव गत असोज १८ गते देखि वेपता भएको थियो । दुई दिनपछि असोज २० गतेको उनको शव सिमावर्ती बिहारको जिरोगास्थित घोडदह खोलामा फेला परेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ