दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान

राजविराज राजविराज
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान

सारांश

  •     शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
  •       सोही पत्रकार सम्मेलनमा नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले ब्यक्तिगत रुपमा असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने बताए ।
  • उनले आफूमाथी संघातमिक हमला गरी सुनको सिक्री समेत लुटपाट गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 

    नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजले कर्मचारीहरुमाथी कुटपिट, गालीगलौज गर्नेमाथी कारवाहीका साथै कार्यालयमा कामकाज गर्न सुरक्षित वातावरणको माग गर्दै शुक्रबारदेखी पेन डाउन गरेका छन् । 
    शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।  
    सोही पत्रकार सम्मेलनमा नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले ब्यक्तिगत रुपमा असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने बताए । उनले आफूमाथी संघातमिक हमला गरी सुनको सिक्री समेत लुटपाट गरेको बताए । “उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौं निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था छैंनौं ।” उनले भने ।  
    उनले हालसम्म ११ महिनाको अवधीमा ११ प्रतिशत मात्र विकासीय योजनाहरु सम्पन्न भएको र करिब ३८ देखी ४० प्रतिशतसम्म योजनाहरु संचालनमा रहेको जानकारी समेत दिए । उनले जनताको कामकाजमा आफू बाधक नभएको भन्दै दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने अडान राखेका छन् । 
    सोही पत्रकार सम्मेलनमा कर्मचारीहरुले घटनाका दोषिहरुमाथी कारवाही, क्षतिपुर्ति तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नगराएसम्म नगरपालिका कार्यालय तथा मातहातका कार्यालयबाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द रहने जनाएका छन् । 
    जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा विवाद भइरहेको बेला राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरु शान्तिपूर्वक रुपमा वारुणयन्त्रको छेउमा उभिरहेको वेला पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरिएको पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिएका छन् । 
    ईकाइ समितिका अध्यक्ष तथा अधिकृत कल्पना देव, लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकको अ.हे.ब. संतोष कुमार दासलाई संघातिक रुपमा गालि गलौजसहित सडकमा घिसारी ज्यान मार्ने धम्की सहित मर्नासन्न हुने गरी कुटपिट गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
दुर्घटनामा तीनको मृत्यु
दुर्घटनामा तीनको मृत्यु
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला