सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई

राजविराज राजविराज
|
शुक्रबार, पौष ४, २०७६
|
|
८९ पटक हेरिएको
Shares
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई

सारांश

  •     नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको बिहीबार बिराटनगरमा उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
  •     उद्घाटन समारोहलाई सम्बोधन गदै मुख्यमन्त्री राइले समाजमा भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेको जिकिर गरे ।
  • उनले भने, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकारात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ ।

चन्दनकुमार यादब 
बिराटनगर, ३ पुस । 
    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक बिषयको खोजीमा होडबाजी चलेको बताएका छन् । 
    नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको बिहीबार बिराटनगरमा उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
    उद्घाटन समारोहलाई सम्बोधन गदै मुख्यमन्त्री राइले समाजमा भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेको जिकिर गरे । उनले भने, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकारात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ ।’ 
    मुख्यमन्त्री राईले भने, ‘हामी राम्रा कुरा बुझेर पनि बुझे जस्तो गर्दैनौ, देखेर पनि देखे जस्तो गर्दैनौ, कसरी नकारात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोच समाजमा अहिले पनि छ । यो मानसिकता र प्रवृतिबाट हामी रुपान्तरित भएर सकारात्कमताको खोजीमा जुट्न आवश्यक छ ।’
    संघीयतालाई संस्थगत गदै समाज परिवर्तनका लागि सकारात्मक वस्तुको खोजी र खेतीगर्न कुरामा मिडियाको अहम भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । मुख्यमन्त्री राईले सबै क्षेत्रमा अहिले इमान र नैतिक मूल्य मान्यता, प्रतिवद्धता र त्यागको खाँचो रहेको बताए ।
    देश समृद्धीको यात्रामा रहेको र त्यस यात्रामा हामी सरिक रहेको भन्दै मुख्यमत्री राईले हामीलाई दिएको यो अवसरलाई कहीं कतै नभुली नझुकी योगदान गर्न तयार हुनुपर्ने बताए ।
    कार्यक्रममा बरिष्ठ पत्रकारद्धय मोहन भण्डारी र हर्ष सुब्बलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री राईले सम्मानितद्धय भण्डारी र राईलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी