नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान

राजविराज राजविराज
|
बिहिबार, श्रावण १८, २०८०
|
|
९३ पटक हेरिएको
Shares
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान

सारांश

  •     न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
  • अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
  •       उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा आफै उपस्थित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।

    नागरिकता सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सप्तरीले बिहीबार महेन्द्र कुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । 
    न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । 
    उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा आफै उपस्थित भएका थिए । यादव सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवका श्रीमान् हुन् । 
    सोही मुद्दामा १२ दिनअघि उपप्रमुख मिरा एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेकी छिन् । उक्त प्रकरणमा अर्का आरोपी सहदेव यादव पनि तीन दिनअघि अदालतले दिएको आदेश बमोजिम एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेका छन् । 
     अनुसन्धानका क्रममा पटक पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मिरालाई गत साउन ८ गते सप्तरी जिल्ला अदालतका न्ययाधीश हरिशचन्द्र इंगनामको इजलाशले एक लाख धरौटी बुझाई तारेखमा रिहा गर्ने आदेश जारि गरेको थियो । 
    प्रतिवादी कृष्णकुमार यादवले भारतको समेत नागरिकता लिएको भन्दै उपप्रमुख मिरा, उनका श्रीमान महेन्द्र र स्थानीयवासी सहदेव यादवबिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेका थिए । 
    डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा, उनका पति महेन्द्र र स्थानीय सहदेव यादवविरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुद्दा दर्ता गराएका थिए । 
    प्रहरीले.उक्त मुद्दा दर्ता गर्न आलटाल गरे पछी उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलाशले उक्त मुदा उपर सुनवाई गर्दैै परमादेश जारी गरेको थियो । त्यस पछी प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
    भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मिराको नाम रहेको विवरण सुचीका साथै अनुमण्डलीय न्यायलय निर्मलीमा महेन्द्र र मिराले पेश गरेको शपथ पत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेत उजुरी मार्फत पेश गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
शौचालयमा बन्दी मृत फेला 
शौचालयमा बन्दी मृत फेला 
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी