नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान

राजविराज राजविराज
|
बिहिबार, श्रावण १८, २०८०
|
|
२२ पटक हेरिएको
Shares
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान

सारांश

  •     न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
  • अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
  •       उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा आफै उपस्थित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।

    नागरिकता सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सप्तरीले बिहीबार महेन्द्र कुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । 
    न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । 
    उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा आफै उपस्थित भएका थिए । यादव सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवका श्रीमान् हुन् । 
    सोही मुद्दामा १२ दिनअघि उपप्रमुख मिरा एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेकी छिन् । उक्त प्रकरणमा अर्का आरोपी सहदेव यादव पनि तीन दिनअघि अदालतले दिएको आदेश बमोजिम एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेका छन् । 
     अनुसन्धानका क्रममा पटक पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मिरालाई गत साउन ८ गते सप्तरी जिल्ला अदालतका न्ययाधीश हरिशचन्द्र इंगनामको इजलाशले एक लाख धरौटी बुझाई तारेखमा रिहा गर्ने आदेश जारि गरेको थियो । 
    प्रतिवादी कृष्णकुमार यादवले भारतको समेत नागरिकता लिएको भन्दै उपप्रमुख मिरा, उनका श्रीमान महेन्द्र र स्थानीयवासी सहदेव यादवबिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेका थिए । 
    डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा, उनका पति महेन्द्र र स्थानीय सहदेव यादवविरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुद्दा दर्ता गराएका थिए । 
    प्रहरीले.उक्त मुद्दा दर्ता गर्न आलटाल गरे पछी उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलाशले उक्त मुदा उपर सुनवाई गर्दैै परमादेश जारी गरेको थियो । त्यस पछी प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
    भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मिराको नाम रहेको विवरण सुचीका साथै अनुमण्डलीय न्यायलय निर्मलीमा महेन्द्र र मिराले पेश गरेको शपथ पत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेत उजुरी मार्फत पेश गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
राजपाद्वारा प्रदर्शन
राजपाद्वारा प्रदर्शन
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता