विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी

राजविराज राजविराज
|
आइतबार, माघ २७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी

सारांश

  •     सप्तरी प्रहरीको भौतिक अवस्था, बसोबासको अवस्था तथा सवारीसाधनको अवस्थाबारे आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीको निरिक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।
  •       निरिक्षणका क्रममा मन्त्री लेखीले भने, “आफू यही जिल्लाको भएकोले जिल्ला प्रहरी कार्यालयको समस्याबारे अवगत छु ।
  • ” उनले भने, ‘केन्द्र सरकारले हामीलाई कुल ३० प्रतिशत बजेट मात्रै दिएको छ, त्यसकारण हामीले बजेटको हिसाबमा समस्या नै छ ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 

    मधेस प्रदेशका गृह, कानुन तथा संचारमन्त्री राजकुमार लेखीले १५ दिन भित्रै सप्तरी जिल्लाका विभिन्न प्रहरी कार्यालय, प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरुमा देखिएको भौतिक तथा सवारीसाधनहरुको अभावलाई सक्दो समाधान गर्ने बताएका छन् । 
    सप्तरी प्रहरीको भौतिक अवस्था, बसोबासको अवस्था तथा सवारीसाधनको अवस्थाबारे आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीको निरिक्षणका क्रममा उनले यस्तो बताएका हुन् । 
    निरिक्षणका क्रममा मन्त्री लेखीले भने, “आफू यही जिल्लाको भएकोले जिल्ला प्रहरी कार्यालयको समस्याबारे अवगत छु ।” उनले भने, ‘केन्द्र सरकारले हामीलाई कुल ३० प्रतिशत बजेट मात्रै दिएको छ, त्यसकारण हामीले बजेटको हिसाबमा समस्या नै छ । तैपनि आवश्यकता अनुसार प्रदेश सरकारले प्रहरी सहयोग गर्नेछ ।”
    उनले जिल्लाको इलाका प्रहरी कार्यालय कंचनपुर, फत्तेपुरस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय, बरमझियाको सशस्त्र प्रहरीको भवन, डाक्नेश्वरीस्थित नेपाल प्रहरीको चौकी, राजविराजस्थित प्रहरी तालिम केन्द्रमा देखिएको भौतिक तथा सवारीसाधनको अभावलाई १५ दिनभित्रै समाधान गर्ने प्रयासमा रहेको बताए । 
    उनले भौतिक तथा सवारीसाधनको अभाव रहेका जिल्लाका बाँकी प्रहरी कार्यालयहरुमा आगामी वर्षको बजेट बिनियोजन गरि समस्या समाधान गर्ने प्रतबिद्धता समेत जनाएका छन् । 
    निरिक्षणका क्रममा गृहमन्त्री लेखीलाई सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले कार्यालयमा सवारीसाधनको अभाव रहेको बताउँदै उनले सप्तरी जिल्ला प्रहरीको भौतिक अवस्था तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए ।
    ‘सप्तरी प्रहरीमा कुल ३ वटा पिकअप गाडी रहेकाले गस्ती तथा पेट्रोलिङ गस्तीमा समस्या आइरहेको गृहमन्त्रीलाई जानकारी गराइएको छ,’ एसपी खतिवडाले भने, “जिल्लामा एसपी चढ्ने गाडीसहित कुल ३ वटा पिकअप गाडी रहेको छ । जुनकारण जिल्लमा गस्ती, पेट्रोलिङ तथा भिभिआइपी सुरक्षाका लागि सवारीसाधन उपलब्ध गराउन कठिनाइ हुने गरेको छ ।”
    यस्तै उनले सप्तरी प्रहरीलाई भौतिक संरचनाको अवस्था पनि दयनीय रहेको जानकारी पनि गराएका थिए ।
    यसअघि मन्त्री लेखी कै विशेष पहल तथा ब्रिटिस दूतावासको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको नयाँ भवनका लागि ३ करोड बजेट स्वीकृत भएको तथा चालू आ.व. २०८१÷०८२ मै उक्त बजेटबाट नयाँ भवन निर्माणको कार्य सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते