दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीमा शनिबार थप एकजनाको कोरोना संक्रमणबाट मृच्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यता सप्तरीमा कोरोना संक्रमणबाट विगत ६ दिनमा पाँच जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२ वर्षिय स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी राजविराजमा उपप्राध्यापक पदमा रही प्रध्यापन गर्दै आएका पुरुषको मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरिएको थियो ।
उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको उनको उपचार त्यहा सम्भव नभएपछि बिपि कोरोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएकोमा निजको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएकोमा शनिबार बिहान २ः३० बजेतिर उनको निधन भएको परिवारजनले बताएका छन् ।
यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगि पदमा कार्यरत ६० वर्षिय पुरुष तथा शुक्रबार राजविराज ७ का ७० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसअघि सोमबार कोरोना संक्रमणवाट सप्तरीमा थप दुई जनाको मृत्यु भएको थियो । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय एक पुरुष र सोही गाउपालिका ३ कि ६० बर्षिया महिलाको मृत्यु भएको थियो ।
यस्तै शनिबारसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमितको संख्या बढ्नुका साथै लगातार संक्रमितको मृत्यु हुन थालेपछि स्थानियमा अझै त्रास थपिएको छ ।
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
सारांश
- यता सप्तरीमा कोरोना संक्रमणबाट विगत ६ दिनमा पाँच जनाको मृत्यु भएको छ ।
- पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२ वर्षिय स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी राजविराजमा उपप्राध्यापक पदमा रही प्रध्यापन गर्दै आएका पुरुषको मृत्यु भएको हो ।
- उनलाई स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया