दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ स्थित राष्ट्रिय प्राथमिक विद्यालय वेल्हा तिलेवोनामा सोमवार लाखौको चोरी भएको छ ।
उक्त विद्यालयमा सोमवार राती समेत गरेर तेश्रो पटक चोरी भएको स्थानीय अभिभावकहरुले जानकारी बताएका छन् ।
विद्यालयमा कोही नभएको मौका छोपी झ्याल र ढोकाको ताला तोडी विद्यार्थीको दिवा खाजा कार्यक्रमको सामग्री सहित एक लाख वरावरको सरसामान चोरी भएको जनाइएको छ ।
चोरहरुले फर्निचर, कागतपत्र, तेल, डाल्डा, चना, च्यूरा, भूजा, मैदा, वेसन, नुन, मरमसला, सहितको वालवालिकाको दिवाखाजा कार्यक्रमको सम्पुर्ण सामग्री गरी १ लाख वरावरको सरसमान चोरी गरेको विद्यालयका प्रधानाध्याक तारनी प्रसाद चौधरीले जानकारी दिएका छन् ।
वालवालिकाको खाजा सामाग्री चोरी भएपछी वालवालिकालाई खाजा खुवाउन कठिनाई भएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष अशोक कुमार चौधरीले वताए । विद्यालयमा आयश्रोत नहुदा वालवालिकालाई चाहेरपनि खाजा खुवाउन नसकी भोकभोकै कक्षाकोठामा राख्नुपर्ने वाध्यता रहेको उनले जानकारी दिए ।
पुर्वपश्चिम लोकमार्गदेखी सय मीटर र शसस्त्र प्रहरी वल नेपाल सुरक्षा वेसक्याम्प सितापुरको दुईसय मीटर दुरीमा रहेको विद्यालयमा पटक—पटक चोरी हुदा समेत चोर पत्ता लाग्न सकेको छैन ।
विद्यार्थीको दिवा खाजाको सामग्री सहित एक लाख वरावरको सामान चोरी
सारांश
- उक्त विद्यालयमा सोमवार राती समेत गरेर तेश्रो पटक चोरी भएको स्थानीय अभिभावकहरुले जानकारी बताएका छन् ।
- विद्यालयमा कोही नभएको मौका छोपी झ्याल र ढोकाको ताला तोडी विद्यार्थीको दिवा खाजा कार्यक्रमको सामग्री सहित एक लाख वरावरको सरसामान चोरी भएको जनाइएको छ ।
- चोरहरुले फर्निचर, कागतपत्र, तेल, डाल्डा, चना, च्यूरा, भूजा, मैदा, वेसन, नुन, मरमसला, सहितको वालवालिकाको दिवाखाजा कार्यक्रमको सम्पुर्ण सामग्री गरी १ लाख वरावरको सरसमान चोरी गरेको विद्यालयका प्रधानाध्याक तारनी प्रसाद चौधरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया