दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरी जिल्लास्थित विभिन्न मठमन्दिरमा केही समययता तोडफोड तथा पुजारीमाथी दुव्र्यबहारको घटना बढीरहेको भन्दै जिल्लास्थित हिन्दुवादी संघसंगठनहरुले दोषि पत्ता लगाई कडा कारवाही गर्न माँग गरेका छन् ।
सोमबार हिन्दु नरसिंह सेना, हिन्दु परिषद् र शिवसेना नेपाल सप्तरीले संयुक्त रुपमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको विभिन्न मठ मन्दिरमा केही दिन यता भएको तोडफोड तथा पुजारीहरुमाथी गरिएको दुव्र्यबहार लगायतको घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माँग सो ज्ञापनपत्र मार्फत गरिएको छ ।
सद्भाव ¥याली नाम दिएर लकडाउनकाबीच स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस बजारक्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
हिन्दुवादी संगठनका अगुवा राहुलराज साह, विष्णुप्रताप साह, नमनकुमार सिंहको नेतृत्वमा बुझाइएको ज्ञापनपत्र तत्काल आवश्यक कार्याथ र जानकारीका लागि प्रधानमन्त्रीको कार्यालय पठाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- सोमबार हिन्दु नरसिंह सेना, हिन्दु परिषद् र शिवसेना नेपाल सप्तरीले संयुक्त रुपमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
- हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको विभिन्न मठ मन्दिरमा केही दिन यता भएको तोडफोड तथा पुजारीहरुमाथी गरिएको दुव्र्यबहार लगायतको घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माँग सो ज्ञापनपत्र मार्फत गरिएको छ ।
- सद्भाव ¥याली नाम दिएर लकडाउनकाबीच स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस बजारक्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया