आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 

राजविराज राजविराज
|
सोमबार, आषाढ १, २०७७
|
|
६० पटक हेरिएको
Shares
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 

सारांश

  •     सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत ११ गतेदेखी गरेको लकडाउनका कारण दैनिक जिवन निकै कष्ठकर बन्दै गएको अवस्थामा अतिआवश्यक कामसमेत प्रभावित बनेको छ ।
  •       सोही बाध्यतालाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखी दैनिक रुपमा कार्यालयहरुलाई दुई शिफ्ट बिहान ८ बजेदेखी दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखी साँझ ६ बजेसम्म संचालन गर्न अनुमति दिएको हो ।
  •       यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही विषयमा जानकारी दिने उद्देश्यले दुई शिफ्टमा हुने कार्य सम्बन्धी आइतबार सूचना प्रकाशित गरि जानकारी दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३२ जेठ । 
    महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत तीन महिनादेखी बन्द जस्तै रहेको सरकारी कार्यालयहरु असार १ गते सोमबारदेखी दुई शिफ्टमा संचालन हुने भएको छ । 
    सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत ११ गतेदेखी गरेको लकडाउनका कारण दैनिक जिवन निकै कष्ठकर बन्दै गएको अवस्थामा अतिआवश्यक कामसमेत प्रभावित बनेको छ । 
    सोही बाध्यतालाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखी दैनिक रुपमा कार्यालयहरुलाई दुई शिफ्ट बिहान ८ बजेदेखी दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखी साँझ ६ बजेसम्म संचालन गर्न अनुमति दिएको हो । 
    यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही विषयमा जानकारी दिने उद्देश्यले दुई शिफ्टमा हुने कार्य सम्बन्धी आइतबार सूचना प्रकाशित गरि जानकारी दिएको छ । जसमा पहिलो शिफ्टमा नयाँ नागरिकता, अभिलेख, राहदानी र दोश्रो शिफ्टमा नागरिकता प्रतिलिपि, अभिलेख, मुद्दा (ठाडो उजुरीसमेत) लेखा र प्रशासन (सवारी पाससमेत) शाखाको कार्य संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेद्वारा जारि सूचनामा उल्लेख छ । 
    यस्तै कार्यालयमा भिडभाड हुन नदिन सेवाग्राहीसँग आग्रह गर्दै आवश्यक परे कोटा प्रणाली वा टोकन प्रणाली लागु गर्न सकिने जनाइएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ