दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
सप्तरीबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीका दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका हुन् ।
सिंह १६ हजार ७ सय ३४ मत ल्याई निर्वाचित भएका हुन् । उनले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् । मन्त्री साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरे ।
गत स्थानियतह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा अध्यक्ष पदमा प्रत्याशी रही पराजय भोगेका सतिष कुमार सिंह यस पटक प्रदेश २ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदबार बनेका लोसपाका सरोज मण्डलले ६ हजार १ सय ३२ मत प्राप्त गरे ।
निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका सिंहले गत स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दोहो¥याउँदा नेपाली काँग्रेसका अरुण मण्डलसंग थोरै मतले पराजित हुनु परेको थियो ।
२०७४ सालको गाउँपालिकाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष पद जितेका सिंह गत बैशाख ३० गतेको स्थानीयतहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट चुनाव लडेर निकटतम प्रतिद्वन्दी रहेका थिए । उनी लोसपा परित्याग गरि तीन महिना अघि मात्र जनमतमा प्रवेश गरेका थिए ।
यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीकै उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् । महेश १३ हजार ३ सय २५ मत ल्याई निर्वाचित भएका हुन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवसँग ६ हजार ३ सय २ मतान्तरले बिजयी भए । उमेशले ७ हजार २३ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदबार बनेका जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।
२०७४ सालमा उमेश संगै सोही पार्टीबाट प्रदेश २ को (२) बाट उम्मेदवार रहेका महेश तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मनिष सुमन सँग पराजित भई निकटतम प्रतिद्वन्दी रहेका थिए । सुमन यस पटक जसपाबाट समानुपातिक तर्फ उम्मेदवार रहेका छन् ।
नेकपा माओवादी केन्द्रले उमेशलाई प्रदेश सभामा उठाएपछि मनोनयन पत्र दर्ताको अघिल्लो दिन जनमत पार्टीमा प्रवेश गरी प्रदेश सभा सदस्यका प्रत्याशी बनेका महेशको यस पटकको चुनावी यात्रा सफल भएको हो ।
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सारांश
- सिंह १६ हजार ७ सय ३४ मत ल्याई निर्वाचित भएका हुन् ।
- उनले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् ।
- मन्त्री साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया