सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई

राजविराज राजविराज
|
बुधबार, मंसिर ७, २०७९
|
|
६६ पटक हेरिएको
Shares
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई

सारांश

  •     सिंह १६ हजार ७ सय ३४ मत ल्याई निर्वाचित भएका हुन् ।
  • उनले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् ।
  • मन्त्री साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।

    सप्तरीबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीका दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका हुन् ।
    सिंह १६ हजार ७ सय ३४ मत ल्याई निर्वाचित भएका हुन् । उनले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् । मन्त्री साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरे । 
    गत स्थानियतह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा अध्यक्ष पदमा प्रत्याशी रही पराजय भोगेका सतिष कुमार सिंह यस पटक प्रदेश २ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदबार बनेका लोसपाका सरोज मण्डलले ६ हजार १ सय ३२ मत प्राप्त गरे । 
    निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका सिंहले गत स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दोहो¥याउँदा नेपाली काँग्रेसका अरुण मण्डलसंग थोरै मतले पराजित हुनु परेको थियो । 
    २०७४ सालको गाउँपालिकाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष पद जितेका सिंह गत बैशाख ३० गतेको स्थानीयतहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट चुनाव लडेर निकटतम प्रतिद्वन्दी रहेका थिए । उनी लोसपा परित्याग गरि तीन महिना अघि मात्र जनमतमा प्रवेश गरेका थिए । 
    यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीकै उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् । महेश १३ हजार ३ सय २५ मत ल्याई निर्वाचित भएका हुन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवसँग ६ हजार ३ सय २ मतान्तरले बिजयी भए । उमेशले ७ हजार २३ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदबार बनेका जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् । 
    २०७४ सालमा उमेश संगै सोही पार्टीबाट प्रदेश २ को (२) बाट उम्मेदवार रहेका महेश तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मनिष सुमन सँग पराजित भई निकटतम प्रतिद्वन्दी रहेका थिए । सुमन यस पटक जसपाबाट समानुपातिक तर्फ उम्मेदवार रहेका छन् । 
    नेकपा माओवादी केन्द्रले उमेशलाई प्रदेश सभामा उठाएपछि मनोनयन पत्र दर्ताको अघिल्लो दिन जनमत पार्टीमा प्रवेश गरी प्रदेश सभा सदस्यका प्रत्याशी बनेका महेशको यस पटकको चुनावी यात्रा सफल भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी