दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सात बुँदे माग राख्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित भएका छन् । जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी उनीहरु आन्दोलित भएका हुन् ।
वडा सदस्यहरुले पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई आइतबार सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
१६ वटा वडा रहेको राजविराज नगरपालिकामा रहेका ६३ जना वडा सदस्य मध्ये पहिलो दिनको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको वडा सदस्य रमानन्द देवले जानकारी दिए ।
बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । नगरको मुख्य बजार क्षेत्रमा वर्षौदेखी बसोवास गर्दै आएका बिटोरी जग्गावाहक ५ हजार भन्दा बढी परिवार विगत सात वर्षदेखी समस्या पर्दा विक्रि गर्न र बैंकमा राखेर ऋण समेत लिन सकेका छैनन् । समस्या पर्दा जग्गा बैंकमा धितो राखेर ऋण समेत लिन नपाउँदा कतिपय समस्या परेका बेला साहु महाजनसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएका छन् ।
यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ ।
यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ ।
उक्त मागहरु सात दिनभित्र पूरा नगरिए बाध्य भई आन्दोलन चर्काउने र यसको सम्पूर्ण जिम्मेवारी नगरपालिका नै हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख परविनले उक्त समस्या समाधान गर्न आफू गम्भिर रहेको र छिट्टै बैठकबसी समाधान खोजिने प्रतिबद्धता जनाएकी थिइन् ।
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित
सारांश
- वडा सदस्यहरुले पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई आइतबार सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
- १६ वटा वडा रहेको राजविराज नगरपालिकामा रहेका ६३ जना वडा सदस्य मध्ये पहिलो दिनको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको वडा सदस्य रमानन्द देवले जानकारी दिए ।
- बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया