राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित

राजविराज राजविराज
|
आइतबार, पौष २२, २०८०
|
|
६७ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित

सारांश

  •     वडा सदस्यहरुले पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई आइतबार सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
  •     १६ वटा वडा रहेको राजविराज नगरपालिकामा रहेका ६३ जना वडा सदस्य मध्ये पहिलो दिनको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको वडा सदस्य रमानन्द देवले जानकारी दिए ।
  •       बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    सात बुँदे माग राख्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित भएका छन् । जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी उनीहरु आन्दोलित भएका हुन् । 
    वडा सदस्यहरुले पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई आइतबार सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
    १६ वटा वडा रहेको राजविराज नगरपालिकामा रहेका ६३ जना वडा सदस्य मध्ये पहिलो दिनको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको वडा सदस्य रमानन्द देवले जानकारी दिए । 
    बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । नगरको मुख्य बजार क्षेत्रमा वर्षौदेखी बसोवास गर्दै आएका बिटोरी जग्गावाहक ५ हजार भन्दा बढी परिवार विगत सात वर्षदेखी समस्या पर्दा विक्रि गर्न र बैंकमा राखेर ऋण समेत लिन सकेका छैनन् । समस्या पर्दा जग्गा बैंकमा धितो राखेर ऋण समेत लिन नपाउँदा कतिपय समस्या परेका बेला साहु महाजनसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएका छन् । 
    यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ । 
    यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ । 
    उक्त मागहरु सात दिनभित्र पूरा नगरिए बाध्य भई आन्दोलन चर्काउने र यसको सम्पूर्ण जिम्मेवारी नगरपालिका नै हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख परविनले उक्त समस्या समाधान गर्न आफू गम्भिर रहेको र छिट्टै बैठकबसी समाधान खोजिने प्रतिबद्धता जनाएकी थिइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन 
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी