चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ

राजविराज राजविराज
|
मंगलबार, पौष २२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ

सारांश

  •     दुई महिना अगाडी राजविराज नगरपालिका ७ स्थितबाट ना ३० प ५१६६ नम्बरको मोटरसाईकल चोरी भएको भन्दै दिलिप यादवले जिल्ला प्रहरी कार्यालय राजविराजमा हुलियासहितको दिएको निवेदनको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
  •       पक्राउ पर्नेहरुमा राजविराज वडा नं.
  • ७ बस्ने प्रदिप साह र वडा नं.

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ  । 
    दुई महिना अगाडी राजविराज नगरपालिका ७ स्थितबाट ना ३० प ५१६६ नम्बरको मोटरसाईकल चोरी भएको भन्दै दिलिप यादवले जिल्ला प्रहरी कार्यालय राजविराजमा हुलियासहितको दिएको निवेदनको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
    पक्राउ पर्नेहरुमा राजविराज वडा नं. ७ बस्ने प्रदिप साह र वडा नं. ७ कै जितेन्द्र राम शर्मा तथा डाक्नेश्वरी वडा नं. ९ बस्ने राजेश साह रहेको प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
    यता पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसानधान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?