दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
जग्गा विवादमा कुटपिटबाट घाईते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ३ का धनेश्वर प्रसाद साहलाई न्याय दिलाउन आग्रह गरिएको छ ।
सो घटनामा घाइते भएका साहको विगत तीन दिनदेखी गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गराईरहेका छन् । उनको टाउकोमा सात वटा टाँका लागेको छ ।
पीडितका छोरा जिवछ साहले धारिलो हतियारले आक्रमण गरी घाईते बनाउनेहरुलाई प्रहरीले कुनै कारवाही नगरेको गुनासो गरेका छन् ।
शुक्रवार सदरमुकाम राजविराज आईपुगेका जिवछले न्यायका लागी पहल गरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
उनका अनुसार गत बुधवार जग्गा विवादको विषयलाई लिएर गाँउकै एक पक्षले बुवालाई गम्भीर घाईते बनाएका थिए । घटनामा संलग्नहरु बारे प्रहरीमा लिखित जानकारी गराउँदा पनि दोषि उपर कुनै कारवाही हुन नसकेको उनको गुनासो छ ।
उनले वडाअध्यक्ष रामेश्वर यादवले दोषीलाई जोगाउन खोजेको आरोप समेत लगाएका छन् । यसबारे वडा अध्यक्ष यादवसंग जिज्ञासा राख्दा उनले आफु दोषि उम्काउने कुनै खेलमा नलागेको र आफुमाथी लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् ।
सडक विस्तारको क्रममा दुई पक्षबीच विवादको क्रममा साह सामान्य घाईते भएको र विपक्षीलाई दुख: दिन अस्पतालमै वसेको उनको दाबी छ ।
पीडित पक्षलाई क्षतीपुर्ती दिलाउन आफु तयार रहेपनि साह पक्ष तयार नहुदा समस्या भएको र समाधानका लागी प्रयासरत रहेको उनको भनाई छ ।
यता डिएसपि माधव प्रसाद काफ्लेले घट्नाबारे अनुसन्धान भईरहेको र दोषिलाई नछाडिने बताएका छन् ।
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
सारांश
- सो घटनामा घाइते भएका साहको विगत तीन दिनदेखी गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गराईरहेका छन् ।
- उनको टाउकोमा सात वटा टाँका लागेको छ ।
- पीडितका छोरा जिवछ साहले धारिलो हतियारले आक्रमण गरी घाईते बनाउनेहरुलाई प्रहरीले कुनै कारवाही नगरेको गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया