दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरीको बोदेबरसाईन नगरपालिकामा चट्याङ लागेर दूई जनाको ज्यान गएको छ ।
विहीवार दिउसो भएको वर्षासंगै परेको चट्याङ लागेर बोदेबरसाईन नगरपालिका ३ मधुवन टोलका ८० वर्षिय सत्य नारायण यादव र सोही टोलका ५६ वर्षिय रामजी यादवको ज्यान गएको हो ।
घर नजिकैको खेतमा गाईवस्तु चराउन गएका बेला परेको चट्याङका कारण गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागी स्थानीय लाईफलाइन केयर हस्पिटलमा पु¥याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।
चट्याङले सोही वडाका एक जना घाईते भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काप्mलेले घटनास्थलतर्फ प्रहरी टोली पठाई आवश्यक जानकारी लिने काम भईरहको बताएका छन् ।
चट्याङ लागेर दुईको मृत्यु
सारांश
- विहीवार दिउसो भएको वर्षासंगै परेको चट्याङ लागेर बोदेबरसाईन नगरपालिका ३ मधुवन टोलका ८० वर्षिय सत्य नारायण यादव र सोही टोलका ५६ वर्षिय रामजी यादवको ज्यान गएको हो ।
- घर नजिकैको खेतमा गाईवस्तु चराउन गएका बेला परेको चट्याङका कारण गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागी स्थानीय लाईफलाइन केयर हस्पिटलमा पु¥याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।
- चट्याङले सोही वडाका एक जना घाईते भएको स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया