दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै सोमबार सप्तरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप धर्ना दिएको उनीहरुले बताएका छन् ।
नेकपा सप्तरीका युवा नेता रामनारायण मण्डलको अगुवाइमा चन्दका कार्यकर्ताहरु सोमबार धर्नामा बसेका हुन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते ३ बुँदे सहमति गरेर चन्द समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
सहमतिको ८ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा कुनै प्रगति नभएको, आफ्ना कार्यकर्ताहरु अझै पनि विभिन्न अभियोगमा थुनामा रहेकोले आन्दोलन गर्नु परेको चन्द समूहका नेता मण्डलले बताए ।
उनले बन्दी रिहाइ, मुद्दा खारेजी र प्रतिबन्ध फुकुवा गर्ने कुरा सहमतिको मर्म रहेको जानकारी दिए । कतिपय कार्यकर्ताहरु अहिले पनि जेलमा रहेको र मुद्दा दर्ता भएर फरार सूचीमा रहेका कार्यकताहरुको मुद्दा खारेजी नभएकाले सार्वजनिक जीवनमा आउन समस्या भइरहेको उनको भनाई थियो ।
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सारांश
- अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप धर्ना दिएको उनीहरुले बताएका छन् ।
- नेकपा सप्तरीका युवा नेता रामनारायण मण्डलको अगुवाइमा चन्दका कार्यकर्ताहरु सोमबार धर्नामा बसेका हुन् ।
- तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते ३ बुँदे सहमति गरेर चन्द समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया