चार वर्षपछि एउटै मञ्चमा  देखिए नेकपा र राजपाका नेता

राजविराज राजविराज
|
सोमबार, पौष २१, २०७६
|
|
१२३ पटक हेरिएको
Shares

सारांश

  •     २०७२ सालको मधेश आन्दोलन पश्चात् तत्कालिन एमाले पार्टीसँग मधेश केन्द्रित दलका सप्तरीका नेता कार्यकर्ताहरुबीच एक अर्कामा निकै द्वन्द्व रहेको थियो ।
  • तर, यी दुबै पार्टीको समय चक्र सँगै राजनीतिक परिवेश बदलिँदै गएपछि अहिले उनीहरु एउटै मञ्चमा देखिन थालेका छन् ।
  •       आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुबै पार्टीबीच प्रदेश २ मा सहकार्य गर्ने सहमति भएपछि मधेश राजनीतिको केन्द्र मानिने राजविराजमा सोमबार नेकपा र राजपाद्वारा संयुक्त रुपमा आयोजना गरिएको राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा उनीहरु एउटै मञ्चमा देखिएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    चार वर्ष बढी समयदेखी एक अर्का बिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको नेकपा र राजपाका नेता तथा कार्यकर्ताहरु सोमबार एउटै मञ्चमा देखिएका छन् । 
    २०७२ सालको मधेश आन्दोलन पश्चात् तत्कालिन एमाले पार्टीसँग मधेश केन्द्रित दलका सप्तरीका नेता कार्यकर्ताहरुबीच एक अर्कामा निकै द्वन्द्व रहेको थियो । तर, यी दुबै पार्टीको समय चक्र सँगै राजनीतिक परिवेश बदलिँदै गएपछि अहिले उनीहरु एउटै मञ्चमा देखिन थालेका छन् । 
    आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुबै पार्टीबीच प्रदेश २ मा सहकार्य गर्ने सहमति भएपछि मधेश राजनीतिको केन्द्र मानिने राजविराजमा सोमबार नेकपा र राजपाद्वारा संयुक्त रुपमा आयोजना गरिएको राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा उनीहरु एउटै मञ्चमा देखिएका हुन् । 
    सो कार्यक्रममा नेकपाका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल, सचिव सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, राजपाका महासचिव मनिषकुमार सुमन, वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिहं यादव लगायतका नेताहरु एक आपसमा अंगालो समेत मार्न भ्याए । 
    सोह कार्यक्रममा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार रहेका मृगेन्द्र कुमार सिंह यादवले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै समय र परिस्थिति अनुसार शत्रु र मित्र परिवर्तन हुने बताए । उनले गठबन्धन मधेशको सवालमा वर्तमान सरकार सकारात्मक बन्दै गए सहकार्य अझ अगाडी बढ्न सक्ने संकेत पनि गर्दै लाल सलाम र जय मधेशको अभिवादनसहित आफ्नो मन्तव्य टुङगयाए । 
    त्यस्तै नेकपा–राजपा गठबन्धनका अर्का उम्मेदवार शेखर सिंहले पनि राजपा–नेकपा गठबन्धन मुलुकका लागि शुभ संकेत भएको भन्दै बिचित्रको गठबन्धनले भविष्यमा देशहीतमा राम्रो परिणाम दिने समेत जिकिर गरे ।
    गठबन्धनका अर्का उम्मेदवार राधेश्याम पासवानले राजपा–नेकपा गठबन्धनले समस्त शोषित, उत्पीडित समुदायको समस्यालाई सम्बोधन गर्ने दाबी गर्दै सहयोगका लागि आग्रह गरे । 
    त्यस्तै अर्का उम्मेदवार तुल्सा दाहालले गठबन्धनको जितले आधा आकाश ओगटेको महिला तथा देशको मुल समस्याहरुलाई समाधान गर्न बल पु¥याउने भन्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपील गरिन् । 
    प्रदेश २ संसदीय दलका नेता सत्यानारायण मण्डलले तराई मधेशको समृद्धि र विकासका लागि राजपा–नेकपा गठबन्धन कोशेढुङ्गा साबित हुने भन्दै यस्तो सहकार्यले निरन्तरता पाउनु पर्नेमा जोड दिए । उनले लाल मधेशको अभिवादनसहित आफ्नो मन्तव्य सकाएका थिए । 
    राजपाका महासचिव मनिष सुमनले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धमा गत पुस २ गते नेकपासँग भएको २ बुँदे सहमति अनुसार बुँदा नं. १ कार्यान्वयनमा गइसकेको तथा २ नं. बुँदामा उल्लेख भए अनुसार भविष्यमा पनि सहकार्य अघि बढ्ने बताए । 
    नेकपा तथा राजपाका नेता, कार्यकर्ता तथा विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरुको उल्लेख्यीय सहभागिता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य गाोबिन्द न्यौपाने, राजपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी लगायतले पनि बोल्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 
सप्तरी महोत्सव सूरु
सप्तरी महोत्सव सूरु
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी