दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
चार वर्ष बढी समयदेखी एक अर्का बिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको नेकपा र राजपाका नेता तथा कार्यकर्ताहरु सोमबार एउटै मञ्चमा देखिएका छन् ।
२०७२ सालको मधेश आन्दोलन पश्चात् तत्कालिन एमाले पार्टीसँग मधेश केन्द्रित दलका सप्तरीका नेता कार्यकर्ताहरुबीच एक अर्कामा निकै द्वन्द्व रहेको थियो । तर, यी दुबै पार्टीको समय चक्र सँगै राजनीतिक परिवेश बदलिँदै गएपछि अहिले उनीहरु एउटै मञ्चमा देखिन थालेका छन् ।
आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुबै पार्टीबीच प्रदेश २ मा सहकार्य गर्ने सहमति भएपछि मधेश राजनीतिको केन्द्र मानिने राजविराजमा सोमबार नेकपा र राजपाद्वारा संयुक्त रुपमा आयोजना गरिएको राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा उनीहरु एउटै मञ्चमा देखिएका हुन् ।
सो कार्यक्रममा नेकपाका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल, सचिव सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, राजपाका महासचिव मनिषकुमार सुमन, वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिहं यादव लगायतका नेताहरु एक आपसमा अंगालो समेत मार्न भ्याए ।
सोह कार्यक्रममा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार रहेका मृगेन्द्र कुमार सिंह यादवले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै समय र परिस्थिति अनुसार शत्रु र मित्र परिवर्तन हुने बताए । उनले गठबन्धन मधेशको सवालमा वर्तमान सरकार सकारात्मक बन्दै गए सहकार्य अझ अगाडी बढ्न सक्ने संकेत पनि गर्दै लाल सलाम र जय मधेशको अभिवादनसहित आफ्नो मन्तव्य टुङगयाए ।
त्यस्तै नेकपा–राजपा गठबन्धनका अर्का उम्मेदवार शेखर सिंहले पनि राजपा–नेकपा गठबन्धन मुलुकका लागि शुभ संकेत भएको भन्दै बिचित्रको गठबन्धनले भविष्यमा देशहीतमा राम्रो परिणाम दिने समेत जिकिर गरे ।
गठबन्धनका अर्का उम्मेदवार राधेश्याम पासवानले राजपा–नेकपा गठबन्धनले समस्त शोषित, उत्पीडित समुदायको समस्यालाई सम्बोधन गर्ने दाबी गर्दै सहयोगका लागि आग्रह गरे ।
त्यस्तै अर्का उम्मेदवार तुल्सा दाहालले गठबन्धनको जितले आधा आकाश ओगटेको महिला तथा देशको मुल समस्याहरुलाई समाधान गर्न बल पु¥याउने भन्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपील गरिन् ।
प्रदेश २ संसदीय दलका नेता सत्यानारायण मण्डलले तराई मधेशको समृद्धि र विकासका लागि राजपा–नेकपा गठबन्धन कोशेढुङ्गा साबित हुने भन्दै यस्तो सहकार्यले निरन्तरता पाउनु पर्नेमा जोड दिए । उनले लाल मधेशको अभिवादनसहित आफ्नो मन्तव्य सकाएका थिए ।
राजपाका महासचिव मनिष सुमनले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धमा गत पुस २ गते नेकपासँग भएको २ बुँदे सहमति अनुसार बुँदा नं. १ कार्यान्वयनमा गइसकेको तथा २ नं. बुँदामा उल्लेख भए अनुसार भविष्यमा पनि सहकार्य अघि बढ्ने बताए ।
नेकपा तथा राजपाका नेता, कार्यकर्ता तथा विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरुको उल्लेख्यीय सहभागिता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य गाोबिन्द न्यौपाने, राजपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी लगायतले पनि बोल्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए ।
चार वर्षपछि एउटै मञ्चमा देखिए नेकपा र राजपाका नेता
सारांश
- २०७२ सालको मधेश आन्दोलन पश्चात् तत्कालिन एमाले पार्टीसँग मधेश केन्द्रित दलका सप्तरीका नेता कार्यकर्ताहरुबीच एक अर्कामा निकै द्वन्द्व रहेको थियो ।
- तर, यी दुबै पार्टीको समय चक्र सँगै राजनीतिक परिवेश बदलिँदै गएपछि अहिले उनीहरु एउटै मञ्चमा देखिन थालेका छन् ।
- आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुबै पार्टीबीच प्रदेश २ मा सहकार्य गर्ने सहमति भएपछि मधेश राजनीतिको केन्द्र मानिने राजविराजमा सोमबार नेकपा र राजपाद्वारा संयुक्त रुपमा आयोजना गरिएको राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा उनीहरु एउटै मञ्चमा देखिएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया