शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो

राजविराज राजविराज
|
शुक्रबार, माघ ९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो

सारांश

  •     बन अतिक्रमण गरि घर टहरा बनाएको भन्दै पर्यटक क्षेत्र शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहराहरु डिभिजन वन कार्यालय सप्तरीले भत्काएको हो ।
  •       डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका बन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको त्यहाँका भक्तजनहरुले जानकारी दिएका छन ।
  •     शनीदेव धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गएको रहेको बेला शनिदेव प्रती पुर्वग्राह राख्ने केही ब्याक्तीको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काएर दुःख दिएको पुजारी भुपेन्द्र यादवले आरोप लगाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 
    सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित शनिदेव सामुदायिक बन उपभोक्ता समिती र बन कार्यालयले बन अतिक्रमण गरि बनाईएको घरटहरा भत्काएको छ । 
    बन अतिक्रमण गरि घर टहरा बनाएको भन्दै पर्यटक क्षेत्र शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहराहरु डिभिजन वन कार्यालय सप्तरीले भत्काएको हो । 
    डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका बन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको त्यहाँका भक्तजनहरुले जानकारी दिएका छन ।
    शनीदेव धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गएको रहेको बेला शनिदेव प्रती पुर्वग्राह राख्ने केही ब्याक्तीको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काएर दुःख दिएको पुजारी भुपेन्द्र यादवले आरोप लगाएका छन् । शनि देवलाई बदनाम गर्ने केही उच्श्रृखंल ब्याक्तीको पछाडी लागेर घरटहरा हटाउन समिती र बनकार्यालयको मिलोमतो रहेको पुजारी यादवको भनाई छ ।
    वन समितिका पदाधिकारीले शनि मन्दिरबाट आएको आम्दानी हालसम्म बाँडिचुडी खादै आएको र आफुले मन्दिर बिकासमा लगाउनु पर्छ भनेपछि बाबा बस्न बनाएको घर भत्काईदिएको उनको आरोप छ । 
    २०६३ सालमा शिव शनिधाम मन्दिर बिकासका लागि स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति प्राप्त गरेको जानकारी गराउदै अतिक्रमको नाममा शनिदेव भक्तहरुलाई दुख दिन नमिल्ने यस्तो कार्य गरेको पुजारी यादवले गुनासो गरे ।
    डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका प्रमुख सहायक बन अधिकृत रामअशिस यादवले डिभिजन बन कार्यालयको पत्राचार अनुसार सामुदायिक बनका आग्रहमा बन अतिक्रमण हटाउन कर्मचारी खटाएको स्वीकारेका छन् । बन अतिक्रमण गरि धेरै घरटहरा बनाएपनि एउटा मात्र टहरा भत्काएर बन कर्मचारी सहितको बन समिति फिर्ता भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?