लागुऔषध गाँजासहित दुई पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
५९ पटक हेरिएको
Shares
लागुऔषध गाँजासहित दुई पक्राउ

सारांश

  •     गाउँपालिकाको वडा नं.
  • २ स्थित दिगियाबाट आईतबार राति विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले किशुन देव यादवको निर्माणाधीन तीनतले पक्की घरबाट ५८ किलो लागूऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
  •     घटनास्थलबाट घरधनी ४५ वर्षीय किशुन देव यादव र घरको दोस्रो तल्लामा सुतिरहेका ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ फागुन । 

    सप्तरीको बलानबिहुल गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 
    गाउँपालिकाको वडा नं. २ स्थित दिगियाबाट आईतबार राति विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले किशुन देव यादवको निर्माणाधीन तीनतले पक्की घरबाट ५८ किलो लागूऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
    घटनास्थलबाट घरधनी ४५ वर्षीय किशुन देव यादव र घरको दोस्रो तल्लामा सुतिरहेका ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीको कमाण्डमा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि धनुषाबाट खटिएका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले यादवको निर्माणाधीन तीनतले पक्की घरमा खानतलासी गरेको थियो । 
    सो क्रममा घरको तल्लो तलाबाट सेतो प्लास्टिकका तीन बोरा भित्र राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    पक्राउ परेका दुवै व्यक्ति, बरामद गाँजा तथा घटनासम्बन्धी सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
सप्तरीले धनुषालाई पराजित ग¥यो 
सप्तरीले धनुषालाई पराजित ग¥यो 
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना