दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
लामो समयको प्रतिक्षापछि राजविराज बसपार्कको एक कार्यक्रमकाबीच बिहीबार उद्घाट्न गरिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परवीनले नवनिर्मित सुविधा सम्पन्न बसपार्कको उद्घाट्न गरेकी छिन् ।
राजविराज २ स्थित रहेको बसपार्क नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी मार्फत १५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
बसपार्क कै अभावमा राजविराजमा सार्वजनिक सवारी साधन सडक मै पार्किङ्ग हुँदा टूाफिकको झमेलाका साथै विभिन्न समस्या उत्पन्न हुँदै आएको थियो ।
गत बैशाख २४ मा शहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख सुरेन्द्र कुमार साहले कार्यावाहक नगर प्रमुख परवीनलाई कागजात सहित साँचो हस्तान्तरण गरेका थिए ।
निर्माण काम सम्पन्न भएर नगरपालिकालाई बसर्पाक हस्तान्तरण गरिएपछि उद्घाटन् गर्दै नगरप्रमुख परवीनले अब यहाँका मात्र नभई बाहिरबाट आउने यात्रुलाई समेत सहज हुने बताईन् ।
उनले राजविराजका लागि यो संरचना ठूलो पुर्वाधार भएको भन्दै यसले नगरलाई सुन्दर बनाउनुका साथै समृद्ध र रोजगारिको अवसर प्रदान गर्न समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।
राजविराज २ राजदेवी मन्दिर नजिकै १९ हजार ६ सय भन्दा बढी वर्ग किलोमिटरमा पैmलिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक ब्रान्च, प्रतिक्षालय, शौचालय, रेस्टुरेन्ट, मिनि मार्केट, सभाहल, प्रहरी बीट लगायतका संरचना निर्माण गरिएको छ ।
बसपार्क संचालनमा आएपछि राजविराज नगरक्षेत्रमा जताततै सार्वजनिक सवारी साधन पार्किङ्ग हुँदा नगरलाई कुरुप बनाउनुका साथै टूाफिक व्यवस्थापनमा पनि कठिनाई हुदै आएको थियो । बसपार्क संचालनमा आउनु भएपछि नगरवासी उत्साहित भएका छन् ।
राजविराजको सार्वजनिक यातायात व्यवस्थित रुपमा सञ्चालनका लागि पहिलो पटक २०४४ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमान सिह, दोश्रो पटक २०४६ सालमा तत्कालिन अञ्चलाधिश सुर्य वहादुर सेन ओली र तेश्रो पटक २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले वसपार्कको शिलान्यास गरेका थिए । तीन पटक शिलान्यास भएपनि तर निमार्ण कार्य अघि बढन सकेको थिएन ।
चौथो पटक २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन मेयर शम्भु प्रसाद यादवले संयु्क्त रुपमा वसर्पाकको शिलान्यास गरेपछि निर्माण कार्य सकिएर उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, जनप्रतिनिधीहरु, राजनीतिकदलका प्रतिनिधीहरु र नगरवासीहरुको उपस्थिति रहेको थियो ।
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
सारांश
- गणतन्त्र दिवसको अवसर पारेर राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परवीनले नवनिर्मित सुविधा सम्पन्न बसपार्कको उद्घाट्न गरेकी छिन् ।
- राजविराज २ स्थित रहेको बसपार्क नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी मार्फत १५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
- बसपार्क कै अभावमा राजविराजमा सार्वजनिक सवारी साधन सडक मै पार्किङ्ग हुँदा टूाफिकको झमेलाका साथै विभिन्न समस्या उत्पन्न हुँदै आएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया