दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
राजविराज वडा नं. ४ स्थित आधारभुत विद्यालय केन्द्र नं. ६ मा मंगलबार बिहान १० बजेसम्म पनि सरस्वती पूजा गर्ने छाटकाट नदेखेपछि उक्त विद्यालयका विद्यार्थी र अभिभावकले नाराबाजी गर्दै बिरोधमा उत्रेपछि सरस्वती पुजा गरिएको छ ।
सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालयका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा गर्ने तयारी गरेका थिए ।
विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो. अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर प्रअ यादवले पूजाको ब्यवस्था मिलाएका थिए ।
स्थानिय अभिभावक बसन्त साहले विद्यार्थीको आस्थाप्रति खेलवाड गर्ने प्रअ यादवमाथी कारवाहीको माँग गरेका छन् भने वडा अध्यक्ष अख्तर बाबाले विद्यार्थीको आस्थासँग जोडिएको विषयमा लापरवाही गर्ने प्रअ यादवमाथी कारवाहीका लागि नगरपालिका र मातहातका शिक्षा शाखामा पत्राचार गरिने बताएका छन् ।
यता कोरोनाको संक्रमणका कारण यसपल्ट पूजा नगर्ने प्रअ यादवको भनाई थियो ।
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न
सारांश
- सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालयका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा गर्ने तयारी गरेका थिए ।
- विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो.
- अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर प्रअ यादवले पूजाको ब्यवस्था मिलाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया