दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
दुई वटा हरिण मारेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई हतियार तथा अन्य उपकरणसहित पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार त्यस क्षेत्रमा चोरी सिकारी भईरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले झालाई चोरी सिकारी गरी मारेको दुई वटा हरिणको अखेटोपहार (ताजा मासु) तथा १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
झाले हरिणको शिकार गरेपछि दुई वटा बोरामा काटेर राखेको ३५ केजी मासु पनि बरामद भएको उनले बताए ।
झाको साथबाट जंगली जनावरको शिकार गर्न प्रयोग गरिने लाईट १ म्यागजिन २, गनस्टेन १ र क्यामेरा एक थान समेत बरामद गरिएको उनले जानकारी दिए ।
झालाई शुक्रवार नै बरामद समानसहित थप कारवाहीका लागी डिभिजन बन कार्यालय सप्तरीलाई बुझाइएको डिएसपी नेउपानेले जानकारी दिए ।
डिभिजन बन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले हरिणलाई चोरी सिकारीले मारेको देखिएकाले झा माथी बन ऐन २०७६ अनुसारको कारवाही प्रक्रिया अघि बढ्ने बताए । उक्त हरिण कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट चरणका क्रममा कोशी बाँध तिर पुगेको अनुमान गरिएको छ ।
हरिण मारेको आरोपमा हतियार तथा अन्य उपकरणसहित एक पक्राउ
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार त्यस क्षेत्रमा चोरी सिकारी भईरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले झालाई चोरी सिकारी गरी मारेको दुई वटा हरिणको अखेटोपहार (ताजा मासु) तथा १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
- झाले हरिणको शिकार गरेपछि दुई वटा बोरामा काटेर राखेको ३५ केजी मासु पनि बरामद भएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया