मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी

सारांश

  •     मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.
  • ६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।
  •     जसमा फुलवारीका अंकित सुवेदीले २३ रन, बिपिन महतले अविजित १६ रन, राकेश सोनीले १४ र सरोज बस्नेतले १२ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा फुलवारी क्रिकेट क्लव सुनसरीले सिरहा क्रिकेट एकेडमीलाई २७ रनले पराजित गरेको छ ।
    मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।
    जसमा फुलवारीका अंकित सुवेदीले २३ रन, बिपिन महतले अविजित १६ रन, राकेश सोनीले १४ र सरोज बस्नेतले १२ रनको योगदान दिएका थिए । 
    बलिंगतर्फ सिरहा ऐकेडमीका पार्थिव यादबले कसिलो बलिंग गर्दै ६ बिकेट तथा एफ सिद्विकी, दिलिप यादब र देवेन्द्र साहले समान्य १÷१ विकेट हात पारेका थिए ।
    प्रतिउत्तरमा सिरहा क्रिकेट एकेडमीले १८.६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मै सिमित रहे । जसमा असोक यादबले २८, दिलिप यादब २६, प्रदिप पंडित १४ र प्रकाश कामैत १० रन जोडे पनि टिमलाई जिताउन सकेन ।
    यता बलिंगतर्फ बिजेता टिम फुलवरीयाका बिपिन महत ३ बिकेट, प्रवेश कामैत २ र सोनु मण्डल र जितेन्द्र यादबले १÷१ विकेट लिएका थिए । जसमा बिजेता टिमका बिपिन महतले म्यान अफ दि म्याच घोषित भए ।
    एक कार्यक्रम बिच बिष्णुपुर गाउपालिकाका अध्यक्ष लिलाम्वर यादबले ब्याटिंग गरेर उद्घाटन गरेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई प्राध्यापकले पाए अवकास
दुई प्राध्यापकले पाए अवकास
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी